दिल्ली पब्लिक स्कुलले वार्षिकोत्सवमा देखायो ‘संस्कार र संस्कृति’

११ माघ ७६, आइतबार

१२ माघ, विराटनगर ।
विराटनगरस्थित दिल्ली पब्लिक स्कुलले स्थापनाको १२ औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ । विद्यालयले शनिबार भव्य कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको हो ।

वार्षिक उत्सवमा आयोजित कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले विभिन्न मनोरन्जनात्मक प्रस्तुती दिएका थिए । ‘संस्कार र संस्कृति’ विषयवस्तुमा आधारित वार्षिक उत्सव कार्यक्रमको प्रमुख अतिथि प्रदेश १ का प्रदेशसभा सांसद् तथा नेपाली काङ्ग्रेसका संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले पानसमा दीप प्रज्जलन गरी कार्यक्रमको शुभारम्भ गरेका थिए ।

वार्षिक उत्सवमा आयोजित कार्यक्रममा बोल्दै सांसद् कार्कीले दिल्ली पब्लिक स्कुल विराटनगरले विद्यार्थीहरुलाई सैद्धान्तिक रुपमा किताबी ज्ञान मात्र नदिएर प्रयोगात्मक तथा व्यवहारिक ज्ञान दिईरहेको बताए ।

स्कुलका निर्देशक अरुणकुमार राठीले आजसम्म विद्यालयबाट उर्तीण भएका विद्यार्थीहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा उल्लेख्य प्रगती गरेको बताउँदै नैतिक, सांस्कृतिक, आध्यात्मिक मूल्य मान्यता, ज्ञान र दक्षता सहितको शिक्षा आजको आवश्यकता भएको र सोही अनुसार दिल्ली पब्लिक अगाडी बढिरहेको बताए ।

कार्यक्रममा विशेष अतिथि जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एस.पी. विश्व अधिकारी, नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता पर्शुराम बस्नेत, विद्यालयका प्रिन्सिपल पर्शुराम घिमिरे लगायतले शिक्षालाई अब सूचना सञ्चार र प्रविधिको प्रयोगबाट अगाडि बढाउनुपर्ने बताए ।उनीहरुले आफ्नो संस्कार र संस्कृतिको जगेर्ना गर्न सक्ने गरी शिक्षा दिनुका साथै शिक्षण सिकाइलाई सीपसँग जोड्नु पर्ने बताए ।

वार्षिक उत्सव कार्यक्रममा मन्टेश्वरीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरुले नृत्य, गायन, नाटक, मानव पिरामिड तथा महिला हिंसाविरुद्ध सचेतनामूलक विविध कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।

विद्यार्थीहरुमा आध्यात्मिक, सांस्कृतिक र नैतिक मुल्यमान्यताहरुको ज्ञान अभिवृद्धि गराउन विद्यालयले विभिन्न तालिम, गोष्ठी,परामर्शका साथै वार्षिक उत्सवको समेत भव्य आयोजना गरी अभिभावक लगायत विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्ति तथा सरोकारवालाहरुलाई जोड्ने प्रयास गर्दै आइरहेको विद्यालयले जनाएको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top