सपना मल्लको इजलासमा सापकोटाविरुद्ध दायर रिटको सुनुवाई हुने

१२ माघ ७६, सोमबार

१३ माघ, काठमाडौँ ।
प्रतिनिधिसभाको सभामुखमा आइतबार निर्विरोध चयन भएका अग्नि सापकोटाविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइ न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासमा तोकिएको छ ।

आइतबार न्यायाधीश हरि फुयालको इजलास तोकिएकोमा उनले हेर्न मिलेको थिएन । सर्वोच्चको न्यायाधीश हुनुअघि नै फुयालले कानून व्यवसायीको हैसियतले बहस गरेका कारण उनले सो मुद्दा हेर्न नमिलेको हो । सोही कारण सापकोटालाई सभामुख नबनाउन अन्तरिम आदेशको माग गर्दै परेको रिटको सुनुवाई आइतबार हुन सकेको थिएन ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेरले सोमबार न्यायाधीश मल्लको एकल इजलासमा मुद्दाको पेशी तोकेका हुन् । आइतबार एक नम्बर पेशी रहेकोमा सोमबार यो मुद्दाको पेशी ६ नम्बरमा परेको छ । त्रिपाठीले शुक्रबार सापकोटालाई तत्काल पक्राउ गरी उनीमाथि लागेको अभियोगमा छानबिन गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए।

Advertisement

माओवादी युद्धका बेला २०६२ वैशाख १६ गते काभ्रेको छत्रबाँझस्थित कृष्ण माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन लामालाई अपहरण गरेर हत्या गरेको आरोप सापकोटामाथि छ। सापकोटाले सोमबार सभामुखको शपथ लिँदै छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top