दिनभरका प्रमुख खबर

Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(ठगीको लहरो काटियो)
सामाजिक सञ्जालबाट अनलाइन सपिङको ठगी धन्दामा संलग्न ८ जनाको गिरोह मोरङ प्रहरीद्वारा पक्राउ / पक्राउ परेकाबाट करिब ६८ लाख रुपैयासहित एटिएम कार्ड,चेकबुक बरामद / खातामा पैसा पठाउन लगाई सामान नदिइकन ठगेको फेला ।

२.(केही हुन्छ कि ?)
प्रदेश १ मा चैत मसान्त सम्ममा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमनको पूर्ण कार्यान्वयन गराउने लक्ष्यका साथ मुख्यमन्त्री कार्यालयमा ब्यानर टाँगेर कार्यान्वयन थालियो / सरकारी कार्यालयलको एकसय मिटरभित्र सुर्तीजन्य पदार्थ विक्री वितरण, प्रयोग र प्रदर्शन गरे कारबाही हुने ।

३.(टिपर आतंक)
टिपरको ठक्करबाट एक जनाको मृत्युपछि उग्र बनेको आन्दोलनका कारण बीरेन्द्रनगरमा बिहिबार बिहानसम्मका लागि कर्फ्यु आदेश जारी / मोटरसाइकल चालक केशर सिंहलाई टिपरले ठक्कर दिई २० मिटरसम्म घिसारेको प्रत्यक्षदर्शीको भनाई ।

४.(प्रधानमन्त्रीको विश्वास)
नवनिर्वाचित प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटालाई प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सफल कार्यकालको शुभकामना /सदनबाट एमसीसी र थुप्रै विधेयक पारित गरेर ऐन निर्माण गर्ने उल्लेख ।

५.(प्रतिपक्षी नजर)
नवनिर्वाचित सभामुखलाई आफ्नो तर्फबाट पूर्ण सहयोग रहने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाको प्रतिवद्धता /विपक्षी दललाई विश्वासमा लिएर काम गरे मात्रै संसदले सफलता प्राप्त गर्ने उल्लेख ।

६.(सत्ताको मोह)
आफ्ना मागहरुमा सरकार सकारात्मक भए सरकारलाई समर्थन गर्ने राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संकेत /सीमा समस्या समाधानका लागि सबै राजनीतिक दलहरु एक हुँदा पनि सरकार अगाडी नबढेको आरोप ।

७.(न्यायको आश)
‘बालुवाटार’ जग्गा प्रकरणमा मुछिएका नेकपा नेता रेवतराज पुरी ‘गगन’लाई पक्राउ गर्न प्रहरीलाई बाटो खुल्यो /पुरीले तत्काल पक्राउ नगर्न माग गर्दै दिएको निवेदनमा अन्तरिम आदेश दिन उच्च अदालत इलामद्वारा अस्वीकार ।

८.(छुटिन् आस्था)
अभद्र व्यवहार गरेको अभियोगमा प्रहरी हिरासतमा रहेकी गायिका आस्था राउत ४ हजार धरौटीमा रिहा /प्र्रहरीले थप समय माग गर्दै राउतलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँमा प्रस्तुत गरेपनि प्रशासनद्वारा राउतलाई धरौटीमा छोड्न आदेश ।

९.(कलियुगको कथा)
प्रेमीसँग मिलेर मोरङको कटहरी गाउँपालिका ७ की ३५ वर्षीया दयावती सरदारद्वारा आफ्नै श्रीमानको हत्या /हत्यामा संलग्न अन्य दुईजना पनि पक्राउ /आफूहरुको सम्बन्धमा बाधक बनेको भन्दै हत्या गरेको अभियुक्तद्वारा स्वीकार ।

१०.(जनताको बोली)
राष्ट्रियसभामा सांसदहरुद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण / कोरोना भाइरसको संक्रमणको पूर्व तयारी तथा सीमा विवाद समाधानका विषयमा पनि सरकार गम्भिर हुन नसकेको आरोप ।

११.(क्षतिपुर्तिको माग)
मकवानपुरको दामन घटनामा ज्यान गुमाएकाहरुको परिवारलाई नेपाल सरकारबाट पर्याप्त क्षतिपूर्ति भराउन भारतको केरलाका मुख्यमन्त्री पिनाराई विजयनको माग /तत्काल आवश्यक पहल थाल्न विदेशमन्त्री एस जयंशकरलाई आग्रह ।

१२.(पसल खोल्दै सेना)
नेपाली सेनाले हिताधिकारी सैनिकका आभिभावकविहीन बालबालिकाहरुलाई कक्षा १ देखि कक्षा १२ सम्म निः शुल्क अध्ययन गराउने /सैनिक दिवसका अवसरमा काठमाडौं उपत्यकामा सेनाले सुपथ मूल्य पसल सञ्चालन गर्ने ।

१३.(सुरक्षा सर्तकता)
रसुवागढी नाका बुधबारदेखि १५ दिनका लागि बन्द गरिने/ कोरोना भाइरसको संक्रमण रोक्न तथा ल्होसार पर्वको कारण नाका बन्द गर्न नेपाली तथा चिनियाँ अधिकारीहरु सहमत ।

१४.(आर्मीको दबदबा)
सहिद स्मारक ए डिभिजन लिगमा जावलाखेललाई १–० गोल अन्तरले पराजित गर्दे त्रिभुवन आर्मी लिग तालिकाको शीर्ष स्थानमा उक्लियो/ हिमालयन शेर्पालाई ४–३ ले हराउँदै सरस्वतीको लिगमा पहिलो जित ।

र,
१५.(कोरोनाको त्रास)
कोरोना भाइरसको संक्रमणबाट चीनमा मृत्यु हुनेको संख्या १ सय ६ पुग्यो / चीनमा मात्रै चार हजार ५ सय बढी संक्रमित/ हाछ्युँ गर्दा वा खोक्दा निस्कने छिटाबाट कोरोना भाइरसको संक्रमण सर्ने ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top