चिठ्ठा पर्छ भन्दै सर्वसाधारणबाट ४९ लाख असुली, पाँच जना पक्राउ

१५ माघ, विराटनगर ।
चिठ्ठा पर्छ भन्दै सर्वसाधारणबाट रकम असुल गर्ने पाँच जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । चिठ्ठा मार्फत ठगी गरेको आरोपमा जहदा गाउँपालिका –२ का ३० वर्षीय किसन देव साह, उनका सहयोगी रंगेली नगरपालिका –६ नयाँटोलका २२ वर्षीय कम्लेश कुमार मण्डल, जहदा –७ का ४५ वर्षीय राजेश कुमार साह र जाहेरवालाहरू श्रवण कुमार महतो र सुर्यानन्द महतोलाई प्रहरीले पक्राउ गरेको हो ।

किसन देव साहले जिल्ला प्रशासन कार्यालय मोरङमा अमन समाज नेपाल कटहरी–१ मोरङको नाममा संस्था दर्ता गरेको र अरुको सहयोगमा आधिकारीक सरकारी निकायको इजाजत नलिई गैरकानूनी रुपमा आफू खुसी कार, मोटरसाइकल, टिभी, रेफ्रीजेरेटर, साइकल, ग्यास चुलो समेतका विभिन्न इलेक्ट्रोनिक सामानहरु चिठ्ठामा पर्छ भनि सर्वसाधरण मानिसहरुबाट रसिद काटी रकम असुल गर्ने गरेको पाईएको प्रहरीले जनाएको छ । उनीहरुले आफ्ना बिभिन्न एजेन्टहरु मार्फत बिभिन्न मानिसहरुबाट रकम उठाई अन्तिम १६औँ किस्ता सम्ममा पटक–पटक गरेरे झण्डै ४९,००,००० लाख बराबर पैसा उठाएको पाईएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारीले जानकारी दिए । उनीहरुले अमन नेपाल संस्थाको आडमा बिराटनगर – ४ स्थित श्याम साहले संचालन गरेको श्याम पार्टि प्यालेशमा महिनामा २ पटकको दरले चिठ्ठा खोल्ने, चिठ्ठाका लागि प्रतिव्याक्ति ३८० रुपैया उठाउने र पार्टी प्यालेसलाई ७००० रुपैँया भाडा दिने गरेको खुलेको छ । उनीहरुले सेटिङमा चिठ्ठामा उल्लेखित सस्तो कुराको चिठ्ठामा पार्ने र महंगो कुराको नपार्ने गरेको पाईएको एसपी अधिकारीले बताए ।

गैह्रकानुनीरुपमा चिठ्ठा सञ्चालन गर्ने गरेको भन्ने सुचनाका आधारमा खटिएको प्रहरी टोलीले गत पुस २८ गते किसन देव साह, कम्लेश कुमार मण्डल, राजेश कुमार साहलाई संस्था रहेकै स्थानबाट पक्राउ गरेको थियो । पक्राउ परेका किसन देवले जाहेरवालाहरू मध्येका श्रवण कुमार महतो र सुर्यानन्द महतो पनि मसँग चिठ्ठा कार्यमा आवद्ध छन्, अमन समाज नेपाल संस्थामा शेयर होल्डर बन्ने शर्तमा साझेदारी भई जिम्मेवार व्यक्तिको रूपमा काम गरेका मानिसहरू हुन भनेर बयान दिएका थिए । उनले निजहरूले चिठ्ठा काटेर राखेको ९०/९० हजार रुपैँया आफुलाई नदिई काम गर्नलाई मोटरसाइकल चाहिन्छ भनेर मागेको तर त्यसमा असमर्थता जनाएपछि ६ महिनासम्म काम गरेर छाडेको पनि केहिदिन मात्र भएको बताएका थिए । उनको बयानको आधारमा मोरङ जिल्ला अदालतबाट अनुमती लिई श्रवण कुमार महतो र सुर्यानन्द महतोलाई पक्राउ गरिएको एसपी अधिकारीले बताए ।

प्रहरीले १ तोला लेखिएको छाप, अमन समाज लेखिएको अफिसको छाप, ब्अभच लेखिएको रातो रंगको ल्यापटप, कलर्स कम्पनीको सादा मोवाईल , ३६ थान अंक लेखिएको बिल, १३ थान टिकट बुक, १० थान अमन समाज नेपाल लेखिएको बाहिर गाडीहरूको चित्र भएको किताब, २० थान अमन समाज नेपालको सेवाग्राही सदस्य फारम लगायत बरामद गरेको छ ।यस मुद्दा चिठ्ठा सम्बन्धी ऐन २५ को दफा २ बमोजिम अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top