लगानी कोषले वाइडबडी खरिदमा गरेको लगानी डुब्दैन : अर्थमन्त्री

१५ माघ, काठमाडौँ ।
अर्थ मन्त्री डा. युवराज खतिवडाले नागरिक लगानी कोषले नेपाल वायुसेवा निगमलाई दिएको कर्जाको जोखिम नरहेको बताएका छन् । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बुधबारको बैठकमा अर्थ मन्त्री खतिवडाले नागरिक लगानी कोषले निगमको वाइडबडी खरिदमा गरेको लगानीको भुक्तानीको प्रकृया सुरु भइसकेकोले जोखिम कम हुँदै गएको बताएका हुन् ।

‘नागरिक लगानी कोष ऐन २०४७’ लाई संशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफलका क्रममा उनले निगमले समयमै ऋण तिरिसक्ने विश्वास सरकारले गरेको बताए । उनले निगमको अन्तरिक व्यवस्थापनका कारण केही ढिला भएपनि समयमै भुक्तानी गर्ने विश्वास आफुले गरेको बताए । उनले लगानी कोषको प्राथमिकता अनुसार लगानीको सीमा तोकिएको र वायु सेवा निगमलाई सरकारले ग्यारेन्टी दिएपछि मात्रै कर्जा दिएको बताए ।

बैठकमा विधेयकका विभिन्न दफामा संशोधन प्रस्ताव राख्नुभएका सांसद दिव्यमणि राजभण्डारीले नागरिक लगानी कोषले नेपाल वायुसेवा निगमको वाइडबडी खरिदमा गरेको लगानी डुब्न लागेकाले ऐन मार्फत त्यस प्रकारका लगानी गर्न नदिने व्यवस्था गर्नुपर्ने बताए । उनले सरकार ग्यारेन्टी बसेको भएपनि निगमले कर्जा भुक्तानी गर्न नसकेकाले जोखिम बढेको बताए ।

बैठकमा सांसद सुरेन्द्रप्रसाद पाण्डेले संसदबाट पास गरेर नेपाल वायुसेवा निगमलाई सरकारको ग्यारेन्टीमा लगानी कोषबाट कार्जा उपलब्ध गराएकोले निगमले भुक्तानी गर्न नसकेपनि कोषलाई कुनै नोक्सानी नहुने बताए । उनले निगमले कर्जा तिर्न नसके सरकारले तिर्नुपर्ने बताए ।

त्यस्तै समितिको बैठकले ‘नागरिक लगानी कोष ऐन २०४७’ लाई संशोधन गर्न बनेको विधेयकमा समान्य संशोधन सहित छलफल टुंग्याएको छ । संशोधन पछि विधेयकमा नागरिक लगानी कोषको सञ्चालक समितिमा महिला सदस्यहरुको सहभागिताको सुनिश्चितता गर्न सांसदहरु सहमत भएका छन् ।

त्यस्तै विधेयकमा लगानी कोषको प्रमुख कार्यकारी अधिकृत नियुक्त हुन व्यवस्थापन, अर्थशास्त्र, वाणिज्य कानून लगायतका विषयमा स्नातकोत्तर पास भई कम्तिमा १५ वर्ष आर्थिक व्यवस्थापन सम्बन्धी अनुभव भएको व्यक्ति योग्य हुने व्यवस्था गरी दफावार छलफल सम्पन्न गरेको हो ।समिति सभापति कृष्णप्रसाद दाहालले अर्थ समितिको अर्को वैठकमा विधेयकमा संशोधन भएका विषयलाई मिलाएर अन्तिम रुप दिने बताए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top