दिनभरका प्रमुख खबर

Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(प्रसाई प्रकरण)
‘फरार’ रहेका बिएण्डसी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्नुपर्ने जवाफ पेश गर्न सर्वोच्च अदालतद्वारा भक्तपुर प्रशासनलाई आदेश / पक्राउ गर्नुपर्ने लिखित कारण पेश गर्न पन्ध्र दिनको समय ।

२.(अत्तालिए प्रधानमन्त्री)
डरलाग्दो ढंगले सरकार विरुद्धको प्रचार आक्रमण अघि बढेको प्रधानमन्त्री केपी शर्मा ओलीको गुनासो / सरकारको कारण वा प्रधानमन्त्रीले समय दिन नसकेकाले नेकपा बैठक बिलम्बभएको भ्रम नराख्न आग्रह ।

३.(विश्वासका आधार के ?)
सीमाविवादमा देखिएको समस्या वार्तामार्फत समाधान गर्ने गरी भारतसंग छलफल अघि बढाएको प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्टोक्ति / एमसीसीलाई इण्डोप्यासिफिक रणनीतिकसंग जोड्नु आवश्यक नरहेको उल्लेख ।

४.(प्रधानमन्त्रीको बाचा)
नेपाल ट्रष्टको जग्गा यतिहोल्डिङ्सलाई लिजमा दिने सवालमा सरकारले कुनै गल्ति नगरेको प्रधानमन्त्री केपी शर्मा ओलीको दाबी / वर्तमान सरकारले कुनै भ्रष्टाचार नगरेको र नगर्ने उल्लेख ।

५.(हैसियत फेरियो)
पूर्वउपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई नेपाल कम्युनिष्ट पार्टी नेकपाद्वारा केन्द्रीय सदस्यमा मनोनित / पार्टीले केन्द्रीय सदस्यमनोनित गरेपछि केन्द्रीय समिति बैठकमा तुम्बाहाङ्फे सहभागी ।

६.(परिवार नै दुर्घटनामा)
धनुषामा सवारी दुर्घटना हुँदाजोगेन्द्र साहर उनकी श्रीमती प्रमिला साहको मृत्यु / मोटरसाइकल र पिकअप भ्यान एक आपसमा ठोक्किँदा १० वर्षीय छोरा जोनकुमार घाईते ।

७.(तस्करलाई गोली)
मकवानपुर प्रहरीद्वारा गोलीप्रहार गरी तीनजना गाँजा तस्कर पक्राउ / कार जाँच गर्न खोज्दा भाग्न खोजेपछि कारको टायरमा फायर गरी जाँच गर्दा ३२ किलो गाँजा बरामद ।

८.(के,के सुन्नु पर्छ)
मादक पदार्थ सेवन गरी आफ्नै सात वर्षीया छोरीलाई करणी गरेको अभियोगमा झापा, कानकाई नगरपालिका–१ निवासी ३० वर्षीय एक व्यक्ति पक्राउ / पक्राउ परेका अभियुक्तमाथि छानविन सुरु ।

९.(सहिदको सम्मान)
काठमाडौं महानगरका मेयर विद्या सुन्दर शाक्यद्वारा सहिदहरु गंगालाल श्रेष्ठ र दशरथ चन्दको शालिक अनावरण / सहिद सप्ताहको अवसरमा सहिदगंगालाल हृदय केन्द्रमा अक्सिजन प्लान्ट निर्माणका लागि ३ करोडको सम्झौता ।

१०.(अर्थमन्त्रीको आश्वासन)
नागरिक लगानी कोषले नेपाल वायुसेवा निगमलाई दिएको कर्जाको जोखिम नरहेको अर्थमन्त्री डा. युवराज खतिवडाको भनाई / सरकारको ग्यारेन्टीमा लगानी कोषबाट कर्जा उपलब्ध गराएकोले निगमले भुक्तानी गर्न नसकेपनि कोषलाई कुनै नोक्सानी नहुने ।

११.(अनुगमनका आधार)
दिगो विकास लक्ष्य कार्यान्वयनमा भएका गतिविधि सम्बन्धमा दिगो विकास समितिले अनुगमन गर्ने / भोकमरीबाट उन्मुक्तिकालागि न्यून पोषित जनसंख्या, खाद्य सुरक्षा , जमिनको उत्पादकत्व मूख्य सूचकका रुपमा उल्लेख ।

 

१२.(वैकल्पिक विमानस्थलको आश)
भैरहवामा बनिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन अझै एक वर्ष लाग्ने / ८६ प्रतिशत काम मात्रै सकिएको विमानस्थलको निमार्ण कार्य असार मसान्त नसकिने ।

१३.(हात्तीअधिकारका कुरा)
नेपाल सरकारलाई भ्रमण वर्ष २०२०मा हात्तीमाथि हुने दुर्व्यवहार रोक्न अन्तर्राष्ट्रिय हात्ती विज्ञहरुको आग्रह/ हात्तीको अवस्थालाई सुधार्न विश्वव्यापी रुपमा चलिरहेको अभियानमा सहयोग गर्न ढिला नगर्न आग्रह ।

१४.(उक्लिदै मनाङ)
सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत बुधबार मनाङ मर्स्याङ्दी क्लबद्वारा संकटा क्लब ३–० गोल अन्तरले पराजित / जितसँगै मनाङ लिगतालिकाको शीर्ष ३ माप्रवेश /संकटा आठौं स्थानमा ।

र,
१५.(संवेदनशील चीन)
चीनले एक हस्तामै बनायो कोरोना भाइरस प्रभावितको उपचारका लागि एक हजार शय्याको अस्पताल /हालसम्म कोरोना भाइरसको संक्रमणबाट चीनमा मृत्यु हुनेको संख्या १३२ पुग्यो /झन्डै ६ हजार मानिस संक्रमीत ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top