आज शहीद दिवस मनाईंदै, सरकारसँग नै छैन शहीदको यकिन तथ्याङ्क

१६ माघ, काठमाडौं । आज शहीद दिवस । देशभर विभिन्न कार्यक्रम गरी नागरिक अधिकारका लागि जीवन त्याग गर्ने शहीदप्रति सम्झनाका साथ सम्मान अर्पण गरि मनाईंदैछ ।

Advertisement

नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहाँनिया राणा शासन, निरंकुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवं लोकतान्त्रिक आन्दोलनमा आफ्नो जीवनको आहुती दिएका वीर सपूतको सम्झनामा प्रत्येक वर्ष शहीद दिवस आजका दिन मनाइँदै आएको छ ।

अमर शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको संघर्षमय जीवन र बलिदानको गाथा एवं प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाको योगदानमा यो दिवस मनाइएको हो ।

Advertisement

हरेक वर्ष माघ १० देखि १६ गतेसम्म ‘शहीद सप्ताह’ गरिँदै आएको छ । निरंकुश राणा शासनविरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई आफ्नो हक र अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराज शास्त्रीलाई ।

विसं १९९७ माघ १० गते टेकुस्थित खरीको रूखमा झुन्डयाएर हत्या गरिएको थियो । यसैगरी माघ १३ गते सिफलमा धर्मभक्त माथेमालाई झुन्ड्याइएको थियो भने माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो ।

Advertisement

२०१२ सालदेखि शहीद दिवस मनाउन थालिएपनि शहीदको यकिन तथ्याङ्क भने सरकारसँग छैन । आवश्यक मापदण्डबिना हचुवाका भरमा शहीद घोषणा गर्दा वास्तविक शहीदप्रति अपमान महसुस भएको शहीद परिवारको गुनासो छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top