श्रद्धालु बोकेर बराहक्षेत्र जाँदै ट्याक्टर दुर्घटना : २१ जना घाईते

१६ माघ, सुनसरी ।
सुनसरी बराहक्षेत्र भित्रि सडकखण्डको रानीखोला पुल स्थितमा ट्याक्टर दुर्घटना हुदा २१ जना घाईते भएका छन ।

बिहीबार बिहान साढे ८ बजे धरानबाट बराहक्षेत्र पुजा गर्न जादै गरेको को२ त ८४८६ नम्बरको ट्याक्टर अनियन्त्रित भई भित्रि सडक खण्डको रानीखोला पुलबाट अन्दाजी २५ मिटर तल झरी दुर्घटना हुँदा ट्याक्टरमा रहेका २१ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

घाईते सबैको घोपा धरानमा उपचार भईरहेको तथा ट्याक्टर चालक धरान ५ बस्ने राजमार राई ईलाका प्रहरी कार्यालय चतराको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top