×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

चेक किर्ते गरी बैंकबाट पैसा निकाल्ने पक्राउ

१६ माघ, काठमाडौँ ।
प्रहरीले चेक किर्ते गरी बैंकबाट २० लाख रुपैयाँ निकाल्ने एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलन गरी ताहाचल सामुदायीक आवास व्यवस्थापन समाजका कार्यालय सचिव ५६ वर्षिय सन्तोष घिमिरेलाई चेक किर्ते गरेको आरोपमा पक्राउ गरी सार्ववजनिक गरेको हो ।

घिमिरे भोजपुर षडानन्द गाउँपालिका घर भई काठाडौको दक्षीणकाली नगरपालिका वडा नं. ६ मा बस्दै आएका थिए । पत्रकार सम्मेलनमा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक होविन्द्र वोगटीले घिमिरेले कार्यालय प्रयोजनका लागि सिद्धार्थ बैंक कुलेश्वर शाखाबाट गत पुष ९ गते जारी भएको ६७ हजार ९ सय १६ रुपैयाँको चेकलाई किर्ते गरी २० लाख ६७ हजार ९ सय १७ रुपैयाँ बनाई रकम निकालेको बताए । चेक किर्तेगरी रकम निकालेर फरार भएपछि ताहाचल सामुदायीक आवास व्यवस्थापन समाजले प्रहरीमा उजुरी दिएको थियो ।

Advertisement
Advertisement

Advertisement

यस्तै प्रहरीले मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा रुपन्देही जिल्ला घर भई काठमाडौं बस्दै आएका २७ वर्षका पारस श्रेष्ठलाई पक्राउ गरेको छ । त्यस्तै प्रवक्ता वोगटीले काठमाडौंको नयाँ बसपार्कमा सुनको सिक्री लुटदै गरेको अवस्थामा वाग्लुङ घरभई काठमाडौं बस्दै आएका २४ वर्षिय प्रकाश दर्जीलाई पक्राउ गरी आवश्यक कारबाही भइरहेको बताए । प्रवक्ता वोगटीले आफ्नै साथीको हत्या गरी फरार वंगलादेशी नागरिक पक्राउ गरेको समेत बताए ।

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top