कोरोना भाइरसको प्रकोप बढ्दो

१७ माघ, एजेन्सी ।
बिहीबार विश्व स्वास्थ्य संगठनले ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ घोषणा गरेको छ ।

वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण पूरै चीनभर र विश्वका २० भन्दा बढी देशमा देखिएपछि संकटकाल घोषणा गरिएको हो । कोरोना भाइरसको प्रकोप फैलिरहँदा चीनमात्रै होइन पूरा विश्वलाई यसको सन्त्रासले आतंकित पारेको छ ।

शुक्रबार बिहानसम्म चीनमा कोरोना भाइरसका कारण वुहानको खुला सडकमा एकजना व्यक्तिको शव भेटिएको छ। केही समय अगाडि चीनमा कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका डाक्टरकै मृत्यु भएको थियो।

Advertisement

सिन्ह्वा अस्पतालमा कार्यरत ६२ वर्षीय डाक्टर लियाङ वुदोङको कोरोना भाइरसका कारण मृत्यु भएको थियो। यसैले पनि उपचारमा खटिने स्वास्थ्यकर्मीहरु भयभित देखिएका छन्। कोरोना भाइरसको इपिसेन्टर मानिएको वुहान सेन्टरमा सयौं मेडिकल स्वयंसेवकहरु खटाइँदैछ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top