चीनले भन्यो, वुहानमा सबै नेपाली सुरक्षित छन्

१८ माघ, काठमाडौं ।

कोरोना भाइरसको प्रकोप फैलिएको वुहानमा सबै नेपाली सुरक्षित रहेको चीनले जनाएको छ।

वुहानबाट फैलिएको कोरोना भाइरस फैलिन नदिन र विदेशी नागरिकको सुरक्षाका लागि चीनले आवश्यक स्वास्थ्य संयन्त्र खडा गरेको बताएको छ। चीनको विदेश मन्त्रालयले वुहानमा रहेका नेपाली विद्यार्थीको स्वास्थ्य, सुरक्षा प्रत्याभूत गरेको र प्रतिरक्षात्मक सबै उपाय अपनाएको शनिबार एक विज्ञप्ति जारी गरेर जनाएको छ।

Advertisement

काठमाडौँस्थित चिनियाँ राजदूतावासले उपलब्ध गराएको वक्तव्य अनुसार घातक कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा नेपाल सरकारले अपनाएका सुरक्षात्मक उपायको सराहना गरिएको छ।

साथै चीन सरकारले कुनै पनि किसिमको सहायता आवश्यक परेमा चिनियाँ दूतावास वा चीनको विदेश मन्त्रालयसँग नेपालीहरुले सम्पर्क गर्न सक्ने जनाएको छ।(रासस)

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top