मोबाइलको मेमोरीमा विवाद हुँदा महिलाको हत्या

१९ माघ ७६, सोमबार

२० माघ, जनकपुरधाम ।
महिलाको हत्या गरेको आरोपमा एकै परिवारका चारजना पक्राउ परेका छन्।

Advertisement

धनुषामा मोबाइलको मेमोरीको विषयलाई लिएर भाउजु र नन्दसँग भएको बाद–बिबादमा भाउजुको घाँटी थिची हत्या गरिएको छ।

धनुषाको औरही गाउँपालिका वडा नं. २ की २२ वर्षीय चिन्तामणि पासवानलाई सासू, ससुरा, नन्द र श्रीमान् चारै जना मिलेर घाँटी थिची हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले बताए।

Advertisement

सोमबार पत्रकार सम्मलेन गर्दै हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले चिन्तामणिकी ४५ वर्षीय सासू कुमला पासवान, २० वर्षीय पुनिता पासवान, ५५ वर्षीय ससुरा राधाकृष्ण पासवान र ३० वर्षीय श्रीमान् अनिल कुमार पासवानलाई सार्वजनिक गरेको छ।

शनिबार अन्दाजी १ बजेको समयमा मेमोरीको विषयलाई लिएर भएको बादबिबादमा पहिला चारैजनाले मिलेर घाँटी थिची हत्या गरेको र पछि गएर अपराधलाई लुकाउन मृतक झुण्डिएको हो भनी हल्ला समेत फैलाएको र जिउँदैछ भनी प्रादेशिक अस्पताल जनकपुधाममा इमर्जेन्सीमा भर्ना गराएरको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए।

Advertisement

भर्ना गराएर फरार भएको मध्ये मृतकको सासू र नन्दलाई आइतवार साँझ जनकपुरधाम उपमहानगरपालिका वडा–४ स्थित पेठिया बजारबाट त्यस्तै ससुरा र श्रीमान्‌लाई सोमबार बिहान जनकनन्दनी गाउँपालिका वडा नं. २ बलहा टोलबाट लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top