आठ वर्षदेखि पेसी तोक्दै र स्थगित गर्दै ‘हाई प्रोफाइल’ भ्रष्टाचार मुद्दा

२० माघ ७६, मंगलबार

२१ माघ, काठमाडौँ । सर्वोच्च अदालतमा हार्ई प्रोफाइलको भ्रष्टाचार मुद्दाको सुनुवाईमा विलक्ब हुँदै आएको छ । झन्डै आठ वर्षदेखि सर्वोच्चमा थाती रहेको भ्रष्टाचार मुद्दाको पेसी तोक्ने र स्थगित गर्ने क्रमल निरन्तरता पाइरहेको छ ।

६ फागुन २०६९ मा दर्ता भएको नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दामा पटक–पटक पेसी तोकेर फाइल मगाउने आदेश मात्र भएको छ ।

जोशीको भ्रष्टाचार मुद्दामा ४६औं पटक पेसी तोकेर अन्ति किनारा लगाउन सुनुवाइ भइरहँदा जोशीका कानुन व्यवसायीले यसअघि आय गणनामा भएको व्याख्याविरुद्ध परेको मुद्दा सर्वोच्चमा विचाराधिन भएकाले सो फैसला नभएसम्म रोक्न माग गरेपछि मुद्दाको पेसी तोक्ने काम रोकिँदै आएको हो । यो समाचार आजको राजधानी दैनिकमा निराजन पौडेलले लेखेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top