अछामका एक वडाध्यक्षको हत्या

२१ माघ, अछाम । अछाममा एक जना वडा अध्यक्षको हत्या भएको छ । जिल्लाको पूर्वमा पर्ने पञ्चदेवल विनायक नगरपालिका-२ का अध्यक्ष पदमबहादुर धामीको हत्या गरिएको अवस्थामा शव फेला परेको हो।

Advertisement

मंगलबार बिहान धामीको घरदेखि दुई सय मिटर परको भैंसीगोठमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। घटनास्थलमा जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक भारतीको नेतृत्वमा प्रहरी टोली पुगेर अनुसन्धान भइरहेको छ। धामीलाई कुटेर हत्या गरिएको हुनसक्ने प्रहरीको आशंका छ। उनको टाउकोमा चोट देखिएको छ।

४० वर्षीय धामी नेपाली काँग्रेसबाट वडा अध्यक्षमा निर्वा्चित भएका थिए। हत्या कसले र किन गरेको भन्ने विषयमा खुल्न नसकेको प्रहरीले बताएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top