Nepal Times
Nepal Times
3
Shares

जीवनशैली र तनाव ब्यवस्थापनसम्बन्धी एकदिवसिय शिवीर हुँदै

जीवनशैली र तनाव ब्यवस्थापनसम्बन्धी एकदिवसिय शिवीर हुँदै

विराटनगर, चैत ५
विराटनगरमा जीवनशैली र तनाव ब्यवस्थापनसम्बन्धी एकदिवसिय शिवीर हुने भएको छ । ओशो आश्रम विराटनगरको आयोजनामा यही चैत १० गते सो ध्यान शिविर हुने भएको हो ।

तीनपैनीस्थित ओशो धर्म प्रदीप ध्यानाश्रमले पत्रकार सम्मेलनको आयोजना गर्दै सो बिषयमा जानकारी दिएको हो । सो बिषयमा जानकारी दिँदै आश्रम प्रमुख बिकासराज रुपाखेतीले शिवीरमा बोधित्सव स्वामी आनन्द अरुणले जीवनशैली र तनाव ब्यवस्थापनसम्बन्धी जानकारी र प्रशिक्षण दिनुहुने जानकारी दिए ।

स्वामी अरुणले हालसम्म ६ सय शिविर सञ्चालन गर्दै ८० राष्ट्रका ६५ हजार साधकलाई त्यस प्रकारको प्रशिक्षण दिइसकेका उनले बताए । बढ्दो तनावपूर्ण जीवनका कारण अस्तव्यस्त हुँदै गएको मानव जीवनलाई व्यवस्थित र शान्तिमय बनाउन शिविर फलदायी हुने उनले विश्वास ब्यक्त गरे । चैत १० गते शनिवार हुने ध्यान शिवीरमा २ सय ५० जना सहभागी हुने जनाइएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.