काठमाडौं, चैत ५
काठमाडौंमा ‘ग्लोबल एडभेन्चर एण्ड माउन्टनेरिङ एक्स्पो’ हुने भएको छ । नेपाल पर्यटन बोर्डले काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी विहिबारदेखि एक्स्पो आयोजना गर्न लागिएको जानकारी गराएको हो ।
नेपालको साहसिक पर्यटन क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यका साथ एक्स्पो आयोजना गरिएको बोर्डकी वरिष्ठ निर्देशक नन्दिनी थापाले जानकारी दिईन् । एक्स्पोमा विश्वका माउन्टनेरिङ क्षेत्रमा उपयोग हुने नयाँ–नयाँ प्रविधिको बारेमा पनि जानकारी लिने व्यवस्था पनि मिलाईएको छ ।
४ दिनसम्म चल्ने एक्स्पोमा ३० भन्दा बढि साहसिक पर्यटन र खेलसँग सम्बन्धित कम्पनीहरु सहभागी हुनेछन । विश्वका विभिन्न मुलुकबाट २ सय ५० जनाभन्दा बढि पर्यटन विज्ञहरु पनि एक्स्पोमा सहभागी हुने बताइएको छ ।
एक्स्पोमा ३ हजार बढिले अवलोकन गर्ने अपेक्षा गरिएको छ । विश्व पर्यटन बजारमा नेपाललाई साहसिक पर्यटन प्रवद्र्धन गर्न सकिने देशको रुपमा लिने गरिन्छ ।