चीनमा रहेका नेपालीमा संक्रमण छैन, उद्दार गर्ने भए तयारी पूरा गर्नू :चीन

२१ माघ ७६, मंगलबार
Share this
788shares

२१ माघ, काठमाडौं ।
चीनले कोरानो प्रभावित वुहानमा रहेका नेपाली विद्यार्थीहरु सुरक्षित रहेको बताएको छ । मंगलबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनमा रहेका नेपालीहरू सुरक्षित हुनका साथै कसैमा पनि संक्रमण नभएको बताएकी हुन् ।

Advertisement

उनले चीनमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको प्रकोप नियन्त्रण तथा रोकथामका लागि चीनको प्रयासप्रति धेरै नेपाली जनता र सञ्चार माध्यमले निष्पक्ष, औचित्यपूर्ण र शान्त व्यबहार प्रस्तुत गरेको बताइन् ।

राजदूत यान्छीले वुहानमा रहेका नेपालीहरुलाई उद्दार गर्ने विषय आफूले पनि सुनेको बताइन् । यसका लागि कूटनीतिक माध्यमबाट कुराकानी गर्नुपर्ने भन्दै उनले भनिन्, यदि नेपालले आफ्ना नागरिकलाई उद्दार गर्न चाहन्छ भने हाम्रो सल्लाह छ कि नेपाली पक्ष विमानस्थल क्वारेन्टाइन, महामारी रोकथाम तथा नियन्त्रणमा पूर्ण तयार रहनुपर्छ र महामारी रोकथामका लागि डब्लूएचओका प्रतिनिधिसँग सल्लाह गर्नुपर्छ ।’

Advertisement

साथै अर्को एक प्रशंगमा राजदूत होउले हुबे प्रान्तका अधिकारीहरूले त्यहाँ रहेका नेपालीहरूका लागि आवश्यक आधारभूत वस्तुहरू उपलब्ध गराइ रहेको उल्लेख गदै यस किसिमको प्रकोप नियन्त्रणका क्रममा कसैले दैनिक जीवनमा केही बन्देज लगाइनु स्वभाविक र समान्य कुरा भएको बताइन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top