अमेरिकी र अस्ट्रेलियन डलरसहित सबैजसो विदेशी मुद्रा सस्तिए

७ असोज ८३, बुधबार
Share this
673shares

८ आसोज , काठमाण्डौ ।

Advertisement

नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि सार्वजनिक विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरसहित युरो, पाउन्ड, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारलगायत अधिकांश विदेशी मुद्राको मूल्य घटे ।

आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ६५ पैसा र बिक्रीदर १५३ रुपैयाँ २५ पैसा तोकियो ।

Advertisement

युरो एकको खरिददर १७५ रुपैयाँ ८ पैसा र बिक्रीदर १७५ रुपैयाँ ७७ पैसा तथा पाउन्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ १५ पैसा र बिक्रीदर २०४ रुपैयाँ ९५ पैसा कायम ।

अस्ट्रेलियन डलरको खरिददर १०८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १०९ रुपैयाँ १० पैसा, कुवेती दिनारको ४९६ रुपैयाँ ६७ पैसा र ४९८ रुपैयाँ ६२ पैसा तथा बहराइन दिनारको ४०४ रुपैयाँ ९३ पैसा र ४०६ रुपैयाँ ५३ पैसा तोकिए ।

Advertisement

स्वीस फ्र्याङ्कको बिक्रीदर १८७ रुपैयाँ २० पैसा, क्यानेडियन डलर १०९ रुपैयाँ २३ पैसा र सिङ्गापुर डलर १२० रुपैयाँ २६ पैसा छ भने, चिनियाँ युआनको बिक्रीदर २२ रुपैयाँ ८८ पैसा, साउदी रियाल ४० रुपैयाँ ८१ पैसा, कतारी रियाल ४२ रुपैयाँ ४ पैसा र यूएई दिराम ४१ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकको भनाइ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top