विराटनगर, चैत ५
आइसीसी विश्वकप छनोट क्रिकेट खेल्न जिम्बाबे गएको नेपाली क्रिकेट टोली आज साँझ ६ बजे त्रिभुवन विमास्थलमा आइपुग्ने भएको छ ।
विश्वकप क्रिकेट छनोट अन्तर्गत दुई खेल जितेको नेपालले क्रिकेट इतिहासमा सबैभन्दा ठूलो उपलब्धि हासिल गरेको छ ।
नेपालले पहिलो पटक एकदिवसीय मान्यता पाएको छ । समूह चरणमा हङकङलाई जितेको नेपालले पहिलो प्लेअपमा पपुवा न्यूगिनीलाई हराउँदै एकदिवसीय मान्यता पाएको हो ।
सातौं स्थानका लागि भएको खेलमा भने नेदरल्याण्ड्ससँग ४५ रनले हारेको नेपाल आठौं स्थानमा रहन सफल भएको हो । यसैबिच क्रिकेट टिमका खेलाडीहरुको भब्य स्वागतका लागि तयारी गरिएको छ ।