बेलबारी, चैत ५
एभरेष्ट बैंकले मोरङको सुन्दरहरैंचास्थित विराटचोकमा एक्सटेन्सन काउन्टर स्थापना गरेको छ । एक कार्यक्रमकाबीच सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले काउन्टरको उद्घाटन गरे ।
कार्यक्रममा बोल्दै मेयर ढकालले काउन्टरलाई शाखाको रुपमा विकास गर्नुपर्नेमा जोड दिए । काउन्टरबाट ऋण प्रवाह बाकेकका सबै सेवा उपलब्ध हुने काउन्टर इञ्चार्ज पर्शुराम सुवेदीले जानकारी दिए ।
देशभर ८० वटा शाखा रहेको एभरेष्ट बैंकको एक्सटेन्सन काउन्टर भने विराटचोकसहित ७ वटा पुगेको छ । बैंकका देशभर १ सय १३ वटा एटीएम र २८ वटा राजश्व संकलन शाखा छन् । विराटचोकमा स्थापना गरिएको काउन्टरलाई चाँडै शाखाको रुपमा विकास गरिने इञ्चार्ज सुवेदीले जानकारी दिए ।