काठमाडौं, चैत ४
त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा यूएस–बंगलाको बिमान दुर्घटनाग्रस्त हुँदा ज्यान गुमाएका बंगलदेशी नागरिकको शव सोमबार काठमाडौंबाट ढाका लगिँदैछ ।
ती शवहरुलाई बंगलदादेश सैनिक रंगशालामा राखिने र प्रधानमन्त्री शेख हसिनाले श्रद्धान्जली दिने कार्यक्रम रहेको बंगलादेशी सञ्चारमाध्यमहरूले जनाएका छन् ।
२३ जना बंगलादेशी यात्रुहरुको शव बंगलादेश एयर फोर्सको कार्गो विमानद्वारा अहिले केहिवेरमा ढाकामा लगिने र ४ बजे बंगलादेश आर्मी स्टडियममा राखिने छ ।
त्यहाँ बंगलादेशी प्रधानमन्त्री समेत उपस्थित रहने कार्यक्रम तय गरिएको बंगलादेशी सेनाको न्यूज एजेन्सी आइएसपीआरका सहायक निर्देशक रेजाउल करिमले बताए ।
श्रद्धान्जली समारोहपछि ती शवहरु आफन्तलाई हस्तान्तरण गरिने उनले जानकारी दिएका छन् । यूएस बंगला एयरलाइन्सको बीएस२११ बिमानमा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरका क्रममा आगो लागेको थियो । घटनामा २६ जना बंगलादेशी २२ जना नेपाली र एक चिनीयाको मृत्यू भएको छ ।
्२६ बंगलादेशीमध्ये २३ जनाको सनाखत भएको छ भने बाँकी सनाखतको प्रक्रियामा छन् । त्यस्तै १० जना घाइते बंगलादेशीमध्ये २ जनालाई सिंगापुर लगिएको छ भने ६ जना ढाका मेडिकल कलेज हस्पिटलमा उपचाररत छन् । यस्तै, एक जनालाई दिल्ली लगिएको छ ।