राजविराज, चैत ५
सप्तरीको सदरमुकाम राजविराजस्थित कल्टुपोखरीमा आज दिउँसो एकजना वृद्ध डुबेर बेपत्ता भएका छन् । राजविराज नगरपालिका–४ निवासी ५० वर्षीय मोहम्द साह आलम मियाँ पोखरीमा बेपत्ता भएको स्थानीय अकाश झाले बताए ।
यता बेपत्ता मियाँलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयवासी अहिले खोजीमा कार्यमा जुटेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।
रासस