निर्वाचन आयोग सरसफाइ अभियानमा

४ चैत ७४, सोमबार

काठमाडौँ, चैत ५
निर्वाचनको कामको चाप घटेसँगै निर्वाचन आयोगले कार्यालय कोठा, आयोग तथा आयोग परिसरको सरसफाइलाई अभियानकैरुपमा सञ्चालन गरेको छ । कार्यालय र अफिस कोठा सफा राख्नुपर्छ भन्ने नीतिअनुरुप झ््याल, ¥याक, कुनाकाप्चा र दराजमाथि थुप्रिएर रहेको कागजपत्र र अरु थोत्रा सामाग्रीसहित दुई ट्रकभन्दा बढी फोहर हटाइएको सचिव बेगेन्द्र शर्मा पौड्यालले जानकारी दिए ।

वर्षांैदेखि थन्किएर बसेका काम नलाग्ने फोहरका रुपमा रहेका सामान हटाउने सरसफाइ अभियानमा जुट्न आयोगले पाँच दिनअघि नै कर्मचारीलाई परिपत्र गरेको थियो । सचिव पौड्यालको नेतृत्वमा भएको उक्त अभियानमा कर्मचारीले दिनभरी नै फोहरका रुपमा टुटेफुटेका सामग्री बोराका बोरा संकलन गरेका थिए ।

“कहिल्यै सफाइमा ध्यान नदिने उच्च तहका कर्मचारी पनि सचिवको निर्देशनमा हातमा कुचो लिएर बढारिरहेको तथा हातमा टालो लिएर दराज र ¥याक पुछिरहेको देखिन्थ्यो । कार्यालय सफा राख्ने हाम्रो अभियान हो, दुर्ग्न्धित शौचालय टाढैबाट थाहा पाइने सरकारी कार्यालयको रोग हो, सबै इमान्दार र जिम्मेवार भएर सबैखाले फोहर र धुलोको निराकरण गर्न आवश्यक रहेको छ”, सचिव पौड्यालले भने ।

दिनभर सरसफाइमा जुट्नु परेका कारण कतिपय कर्मचारी निकै थकित देखिन्थे । निर्वाचन वर्षका रुपमा उपराष्ट्रपतिको निर्वाचसँगै आयोगले आइतबार यस वर्षको निर्वाचनको मैजारो गरेको छ ।
रासस

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top