×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

सर्लाहीका उखु किसानले पाउन थाले भुक्तानी

२४ माघ २०७६

२४ माघ, काठमाडौं । सर्लाहीको हरिवनस्थित इन्दुशंकर चिनी उद्योगले किसानलाई यो सिजनमा क्रसिङ गरिएको उखुको भुक्तानी दिन सुरु गरेको छ ।

जिल्लाको दक्षिणी क्षेत्रका दुई चिनी उद्योगले उखुको बक्यौता र सरकारले अनुदानबापत किसानलाई गत वर्षकै भुक्तानी दिएका छैनन । पुस ११ बाट क्रसिङ सुरु गरेको इन्दुशंकरले बुधबारसम्म १५ लाख ६२ हजार क्विन्टल उखु क्रसिङ गरेको छ ।

Advertisement
Advertisement

त्यसबापत किसानलाई २२ करोड रुपैयाँ भुक्तानी गरिएको मिलका उखु प्रबन्धक योगनारायण रजकले बताए । उनले किसानसँग गरिएको सहमतिअनुसार यस वर्षको भुक्तानी दिन थालिएको जानकारी दिए । प्रत्येक वर्ष किसानको सहमतिमा उखु क्रसिङ सुरु हुने भए पनि यसअघिका वर्षमा उद्योगले भुक्तानी दिँदा सहमति भंग गरेको थियो । गत वर्ष ३५ लाख क्विन्टल उखु क्रसिङ गरेको उद्योगले यस वर्ष ३० लाख क्विन्टल मात्र क्रसिङ गर्ने लक्ष्य लिएको उनले बताए ।

भुक्तानीमा झमेला र सरकारबाट समेत समयमा अनुदान नपाएपछि उखु खेती घट्दै गएकाले लक्ष्य घटाइएको उद्योगले जनाएको छ । जिल्लाको बगदहस्थित महालक्ष्मी चिनी उद्योग र धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगले गत वर्षको भुक्तानी अझैसम्म दिएका छैनन । इन्दुशंकरले भने गत वर्षको भुक्तानी दसैंअघि नै किसानलाई दिइसकेको बताएको छ ।

प्रत्येक दिन ४५ हजार क्विन्टल उखु क्रसिङ गरिरहेको इन्दुशंकरले यस वर्ष प्रत्येक दिन एक करोडको हाराहारीमा किसानलाई भुक्तानी दिइरहेको दाबी गरेको छ । नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले कतिपय उद्योगले यस वर्षको भुक्तानी दिन थाले पनि सरकारले गत वर्षको अनुदानबापत ३६ करोड तथा महालक्ष्मी र अन्नपूर्ण चिनी उद्योगले करिब ५० करोड रुपैयाँ भुक्तानी नदिएको गुनासो गरे । उनले किसानले भुक्तानी नपाउँदा घरव्यवहार धान्न मुश्किल परेको दुखेसो पोखे ।

गत वर्ष उखु बेचेका किसानको सरकारी अनुदानबापत पाउने कुल रकमको ६८ प्रतिशत मात्र यस वर्ष कोष तथा लेखा नियन्त्रकको कार्यालयमा आएको छ । किसानको लागि आएको सो रकम पनि तीन महिनादेखि कोलेनिकामा थन्किएको छ ।

Advertisement

जिल्लाका तीनवटै उद्योगले उपलब्ध गराएको तथ्यांकअनुसार यस वर्ष सरकारी अनुदान ३६ करोड रुपैयाँभन्दा बढी हुनुपर्नेमा २४ करोडको मात्रै अख्तियारी आएको कोलेनिका प्रमुख जगतप्रसाद थपलियाले जानकारी दिए । दुई वर्षअघि पनि सरकारले अनुदान रकम पूर्ण रूपमा नपठाउँदा किसानले एक करोडभन्दा बढी रकम पाउन बाँकी नै छ । सर्लाहीमा हाल इन्दुशंकर र महालक्ष्मी चिनी उद्योग मात्रै सञ्चालनमा छन ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top