नेपालले ओमानलाई दियो २५० रनको कीर्तिमानी लक्ष्य

२६ माघ, काठमाडौं ।
आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले ओमानविरुद्ध २ सय ५० रनको कीर्तिमानी बलियो लक्ष्य प्रस्तुत गरेको छ । नेपालले ओडीआईमा विपक्षलाई दिएको सर्वाधिक ठूलो लक्ष्य हो भने दोस्रो उच्च योगफल हो ।

नेपालले गतवर्ष यूएईलाई दोस्रो खेलमा २ सय ४३ रनको लक्ष्य दिएको थियो । त्यस्तै यसअघि यूएईविरुद्ध तेस्रो खेलमा नेपालले २ सय ५५ रनको लक्ष्य पुरा गर्दै ऐतिहासिक ओडीआई सिरिज जितेको थिथो ।

आइतबार बिहान टीयू मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ४९ रन बनायो ।
कप्तान ज्ञानेन्द्र मल्लले ५६ रनको अर्ध शतकीय इनिङ खेले । २९ औं ओभरको पहिलो बलमा पार्टटाइम बलर अकीब इलियासले मोहम्मद नदीमबाट क्याच गराउनु अघि ज्ञानेन्द्रले ७६ बलमा ६ चौका र १ छक्का प्रहार गरे । ज्ञानेन्द्रले ७० बलमा आफ्नो ओडीआई करिअरको दोस्रो अर्ध शतक पुरा गर्ने क्रममा २५ औं ओभरको चौथो बलमा मोहम्मद नदीमलाई चौका प्रहार गरेका थिए ।

दोस्रो विकेटका लागि पारस र ज्ञानेन्द्रले ५९ रनको महत्वूर्ण साझेदारी गर्दै इनिङ उकासेका थिए । नदीमको २४ औं ओभरको पहिलो बलमा सट खेल्नेक्रममा पारस मिडअफमा सन्दीप गौडबाट ३८ रनमा क्याच आउट भए । पारसले ३४ बलमा ६ चौका र १ छक्का प्रहार गरे । पारस आउट भएको दुईबल पछि दीपेन्द्र सिंह ऐरी खराब सट खेल्दै विलाल खानबाट शून्यमा क्याच आउट हुन पुगे ।

दीपेन्द्र अमेरिकासँगको खेलमा पनि शून्यमा आउट हुन पुगे । पहिलो विकेटका लागि ओपनर सुवास खकुरेल र ज्ञानेन्द्र मल्लले पहिलो विकेटका लागि १४।१ ओभरमा ४८ रनको साझेदारी गरेका थिए । १५ औं ओभरको पहिलो बलमा अलराउन्डर मोहम्मद नदीमले सुवासलाई २२ रनमा एलबिडब्लू आउट गर्दै साझेदारी तोडेका थिए । सुवासले ४२ बलमा १ चौका प्रहार गरे ।

कुशल मल्लले २४ बलमा २ चौका र २ छक्का सहित २८ रनको आक्रामक इनिङ खेले । कुशललाई अकीबले ३५ औं ओभरको दोस्रो बलमा स्लिपमा खावर अलीबाट क्याच हुन पुगेका थिए । कुशलले ३२ औं ओभरको पाँचौ र छैटौ बलमा मोहम्मद सनुथलाई लगातार छक्का प्रहार गरेका थिए । छैटौं विकेट लागि आरिफ शेख र विनोद भण्डारीले ३२ रनको साझेदारी गर्दै नेपाललाई बलियो योगफल सम्म पुर्याए ।

अकीबले ४३ औं ओभरको पहिलो बलमा एलबिडब्लू आउट गर्नुअघि आरिफ शेखले ४५ बलमा १ चौका २८ रन जोडे । तल्लोक्रममा विनोद भण्डारीले ४७ बलमा ५ चौका सहित ३५ रनमा रन आउट हुन पुग्गे । करण केसी १० रनमा क्याच आउट भए । सन्दीप लामिछानेले १० र कमल सिंह ऐरीले ९ रनमा अविजित रहे । ओमानका अलराउन्डर अकीब इलियासले १० ओभरमा ३६ रन खर्चेर ४ विकेट लिए । मध्य गतिका बलर मोहम्मद नदीमले ८ ओभरमा १ मेडन सहित ४४ रन खर्चेर ३ विकेट लिए । ओमानले नेपालविरुद्ध ७ बलर प्रयोग गरेको थियो ।

भर्खरको समाचार

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

सम्बन्धित समाचार

Scroll to Top