चितवन, चैत ५
चितवनको नारायणी नदी बचाउ अभियान अन्र्तगत युवा विद्यार्थीहरु नदी सरसफाईमा जुटेका छन् । चितवनको नारायणगढ भएर बग्ने नारायणी नदी मानवीय कारणले प्रदुषित बन्दै गएपछि स्थानीयहरु आफै जागरुप बन्दै यो क्षेत्रको बजार बन्द हुने सोमबारको दिन पारेर बिहानी समयमा सरसफाईमा जुटेका हुन् ।
आफ्नो घर, टोल सफा गरेमा मात्रै नगर हुँदै समाज र राष्ट्र नै स्वच्छ बनाउने सकिन्छ भन्ने उद्देश्यले सरसफाईलाई निरन्तरता दिएको युवाहरुले बताएका छन । नदी सफाईमा उद्योग वाणिज्य संघ चितवन लगायतका संघ सस्थाले पनि सहभागिता जनाउदै आएका छन ।