Nepal Times
Nepal Times
3
Shares

लन्डनकी एक महिला विश्वकै उत्कृष्ट शिक्षक

लन्डनकी एक महिला विश्वकै उत्कृष्ट शिक्षक

एजेन्सी, चैत ५
लन्डनकी एक महिला शिक्षक विश्वकै उत्कृष्ट शिक्षक घोषित भएकी छिन् । उनले १० लाख अमेरिकी डलर अर्थात् करिब १० करोड रुपैयाँ पुरस्कार प्राप्त गरेकी छिन ।

दुबईमा आयोजित भार्की फाउन्डेसन ग्लोबल टिचर प्राइजमा लन्डनको अल्पर्टोन सामुदायिक स्कुलमा आर्ट्स र टेक्सटाइल्स पढाउने एन्ड्रिया जाफिराकोउ उत्कृष्ट घोषित भएकी हुन् ।

विश्वका उत्कृष्ट शिक्षकहरुको सूचीमा नेपालका विनोद शाही पनि अटाएका छन् । शाही माथिल्लो डोल्पास्थित यांगर गुम्बा प्राथमिक विद्यालयका शिक्षक हुन् । आफूले पाएको अवार्ड बेलायतमा कडा मिहिनेत गर्ने सबै शिक्षकहरुलाई एन्ड्रियाले समर्पण गरेकी छिन ।

एन्ड्रिया लन्डनको भित्री शहर ब्रेन्टमा रहेको अल्पर्टन सामुदायिक स्कुलमा पढाउँछिन् । जुन स्कुलमा १ सय ३० भाषा बोलिन्छन् । सुरुवातका दिनमा कमजोर रहेको सो अल्पर्टन विद्यालय अहिले उनकै प्रयत्नका कारण लण्डनका स्कुलहरुमध्ये अहिले माथिल्लो श्रेणीमा पर्न सफल भएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.