एजेन्सी, चैत ५
भ्लादिमिर पुटिन चौथोपटक रुसको राष्ट्रपतिमा निर्वाचित भएका छन् । अब उनी आउँदो ६ वर्षसम्म रुसको राष्ट्रपति रहनेछन् । आइतबार भएको राष्ट्रपतिको निर्वाचनमा ११ करोड नागरिकले मतदान गरेका थिए ।
विपक्षीलाई ठूलो मतान्तरले पछि पार्दै पुटिन चौथो कार्यकालकालागि निर्वाचित भएको बीबीसीले उल्लेख गरेको छ । अधिकांश मत गणना भइसक्दा पुटिनले ७६ प्रतिशत मत पाएको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।
पुटिनले सन् १९९९ देखि नै रुसको सत्ता सम्हाल्दै आएका छन् । उनको चुनावी अभियान टोलीले यो जितलाई अविश्वासनीय भनेको छ । जित निश्चित भएसँगै सुरु भएको ¥यालीलाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनले विगतका उपलब्धिलाई नागरिकले अनुमोदन गर्दै आफूलाई मत दिएको प्रतिक्रिया दिएका छन् ।
राष्ट्रपति चुनावमा सातजना उम्मेदवार थिए तर पुटिनसँग निकट प्रतिस्पर्धामा पावेल ग्रुदिनिन, केसेनिया सोब्चाक र भ्लादिमिर झिरिनावस्की थिए । प्रमुख विपक्षी नेता एलेक्सेइ नाभाल्नीलाई भने उम्मेदवारी दिन नै रोक लगाइएको थियो ।