आजका प्रमुख खबरहरुः
१.(कलियुगको प्रेम)
विराटनगरको उखुबारीमा शव भेटिएकी दुहबीकी २ छोरीकी आमा सम्झना खत्री परियारको हत्याको आरोपमा सप्तरीका सुरेन्द्रप्रसाद साह पक्राउ/तीन वर्षयता प्रेम सम्बन्ध रहेको र फोन नउठाएको झोकमा हत्या गरेको अभियुक्तद्वारा स्वीकार ।
२.(लुक्दैन अपराध)
मोरङ रंगेलीमा रहेको संसारी माईस्थान मन्दिरवाट मुर्ति चोरी गर्ने रंगेलीका भुवन पराजुली पक्राउ /११ लाख बराबरको चाँदीको मुकुट, छत्र, त्रिशुल, पित्तलको गणेश र छोटीमाताको पुरानो मुर्तीलगाायत सामान बरामद ।
३.(भ्रष्टचार र राजनीति)
ललिता निवास प्रकरणमा अख्तियारले भेदभावपूर्ण निर्णय गरेको भन्दै कांग्रेसद्वारा प्रतिनिधिसभाको बैठक तेस्रो दिनपनि अवरोध /बारम्बार अनुरोध गर्दा पनि कांग्रेसले अवरोध नहटाएपछि मंगलबारसम्मका लागि बैठक स्थगित ।
४.(तर्कविर्तक)
ललिता प्रकरणमा अख्तियारको छानबिन प्रकृया गलत भएकोले संसद अवरुद्ध गरेको नेपाली कांग्रेसको भनाई /संवैधानिक अंगले दायर गरेको मुद्दामा सत्तापक्ष कहीपनि नजोडिएको नेकपाका उपनेता सुवासचन्द्र नेम्वाङको दाबी ।
५.(आप्mनाको बचाउ)
ललिता प्रकरणमा राजनीतिक पूर्वाग्रहका आधारमा अख्तियारले भ्रष्टाचारको मुद्दा चलाएको भन्दै तरुण दलद्वारा विरोध प्रदर्शन / नेकपाका नेता माधव नेपाल र महासचिव विष्णु पौडेललाई उन्मुक्ति दिएको आरोप ।
६.(मानवअधिकारको सवाल)
चीनको हुवेई प्रान्तमा रहेका नेपालीलाई तत्काल उद्धार गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको निर्देशन /चीनमा रहेका नेपालीको अवस्था र स्वदेश फर्काउनेबारे सरकारले गरिरहेका कामबारे सरोकारवालाई बोलाएर जानकारी लिइएको आयोगको भनाई ।
७.(जे बोले नि भयो)
चीनबाट एक्कासी कोरोना भाइरस फैलनु शंकास्पद भएको नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छेको भनाई / भाइरस फैलनुमा अमेरिकाको हात रहेको हुन सक्ने आशंका ÷चीनबाट फर्काउने विद्यार्थीलाई उपत्यका बाहिर राख्न सुझाव ।
८.(ठग समातिए)
वैदेशिक रोजगार कसुर मुद्दामा फरार अजय तामाङ प्रहरीद्वारा पक्राउ / भनेबमोजिम वैदेशिक रोजगारमा नपठाएको उजुरीका आधारमा ४ लाख ५० हजार जरिवाना र ४ वर्ष ६ महिना कैद सजाय हुने फैसला ।
९.(जलवायुको सवाल)
जलवायु परिवर्तनका कारण नेपालको सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा नकारात्मक असर परेको उपप्रधानमन्त्री ईश्वर पोखरेलको भनाई /वातावरणको संरक्षणका लागि जथाभावी बाटो खन्ने डोजर संस्कृतिको नियमन गर्नुपर्नेमा जोड ।
१०.(पुरातत्वको संरक्षण)
पुरातत्व सम्पदाको पुननिर्माणमा प्रयोग नभएका पुरातात्विक सामाग्रीलाई सरकारलेसंग्राहलयमा राख्ने /पुरातात्विक क्षेत्रमा रहेका मानव वस्ती हटाइने, व्यापार गर्न नदिने लगायतका योजना सरकारले बनाउदै ।
११.(ट्राफिकको सक्रियता)
६ महिनामा ट्राफिक नियम उल्लंघन गर्ने २० हजार बढी काठमाडौमा कारबाहीमा परे /साउन यता चोरी भएका २ सय ८५ वटा मोटरसाइकल धनीलाई जिम्मा/चोरीमा संलग्न ३० जनालाई कारबाही गरिएको ट्राफिक प्रहरीमहाशाखाको भनाई ।
१२.(पानीजहाजको तयारी)
नारायणी नदीमा आगामी फागुन महिनादेखि सानो पानीजहाज सञ्चालनमा आउने /जहाजमा यात्रा तथा बिहानी, दिवा र रात्रिकालीन खानाका लागि १० दिनभित्र अनलाइन बुकिङ खुला गरिँदै ।
१३.(सञ्चारमन्त्रीलाई लज्जा)
२० अर्ब रकम १० वर्षे किस्तामा तिर्ने नविकरण शुल्क हो भन्ने ज्ञान नभएको भन्दै सीजी कम्युनिकेसन्सद्वारा सञ्चारमन्त्रीको ध्यानाकर्षण /दशौं वर्षमा २० अर्ब रुपैयाँ नविकरण शुल्क बुझाउनुपर्नैमा सञ्चारमन्त्रीले लाइसेन्सकै लागि २० अर्ब रुपैयाँ मागेको उल्लेख ।
१४.(खेल खबर)
न्यू रोड टिम (एनआरटी)लाई ४–१ ले हराउँदै मनाङ मस्र्याङ्दी क्लब सहिद स्मारक ए डिभिजन लिगको तेस्रो स्थानमा उक्लियो /आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत तेस्रो खेलमा नेपाल ओमानसँग ८ विकेटले पराजित ।
र,
१५.(कोरोनाको भय)
चीनका विभिन्न स्थान तथा हङकङ र फिलिपिन्समा गरी नोवेल कोरोना भाइरसका कारण ज्यान गुमाउनेको कुल संख्या ८ सय १२ पुग्यो /कोरोना भाइरस भ्याक्सिनका लागि विश्वभरका वैज्ञानिक जुटे/भ्याक्सिन आउन कम्तिमा एक वर्ष लाग्ने ।