मोटरसाइकलका कारण भेटिए रंगेलीका मूर्ति चोर

२६ माघ, विराटनगर ।
मोरङ रंगेली नगरपालिका वडा नम्बर ७ मा रहेको संसारी माईस्थान मन्दिरमा चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रदेश १ सरकारले समेत धार्मिक स्थलको सुचीमा राखेको सो मन्दिरमा रहेको संसारीमाताको मुर्तिको टाउकोमा लगाउने चाँदीको मुकुट, छत्र, त्रिशुल, सिक्री, पित्तलको गणेश मुर्ती र छोटी माताको पुरानो मुर्ती लगायत ११ लाख ३५ हजार बराबरको सामाग्री चोरी गर्ने रंगेली–३ वस्ने भुवन पराजुलीलाई आइतबार जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

पराजुलीले गत बुधबार राती करिब १२ बजे कपडाले अनुहार छोपी माथितिर रहेको पर्खालबाट हामफाली मन्दिरमा छिरेर चोरी गरेका थिए । बिहीबार प्रहरीलाई सुचना प्राप्त हुनसाथ ईलाका प्रहरी कार्यालय रंगेलीवाट प्रहरी निरीक्षक लेखनाथ दाहालको कमाण्डमा खटिएको प्रहरी टोलीले अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धानका क्रममा मंन्दिरमा जडान गरेको सिसि क्यामेरा फुटेज तथा अन्य प्राविधिक प्रविधी प्रयोग गरी चोरी गर्ने मानिसलाई पत्ता लगाउने क्रममा प्रहरीले चोरीमा प्रयोग भएको मोटरसाइकल नम्बर पत्ता लगाएको थियो । प्रहरीले चोरीमा प्रयोग भएको ज १२ प ५४६८ नम्वरको मोटरसाईकल रंगेली – ३ वस्ने भुवन पराजुलीको घर आगनमा पार्किङ गरी राखेको अवस्थामा फेला पारी उनको घरमा खानतलासी गर्दा चोरी भएका सामान फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए ।

उनको घरको सुत्ने काठको लोवेडको मुनी हरियो रंगको कोट कभरमा चेन लगाई पोका पारी लुकाएर राखेको अवस्थामा चोरी गरेको सामाग्री फेला परेको थियो । सो स्थानबाट मोटरसाइकल सहित पराजुलीलाई पक्राउ गरी फेला परेका संसारीमाताको मुर्तीको टाउकोमा लगाउने चाँदीको मुकुट १ थान १, छत्र १थान, त्रिशुल १ थान, र पित्तलको गणेश र छोटीमाताको पुरानो मुर्ति २ थान, पित्तल र फलामको त्रिशुल २ थान , चोरी गर्दा लगाएको रातो रंगको उनिको टोपी, झोला, पञ्जा, पत्लो ज्याकेट, जिन्स पेन्ट लगायत बरामद गरिएको एसपी अधिकारीले बताए । बरामद हुन बाँकी चाँदीको जस्तो देखिने ३ वटा सिक्री शनिबार बरामद गरिएको उनले बताए ।

भर्खरको समाचार

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

सम्बन्धित समाचार

Scroll to Top