Nepal Times
Nepal Times
3
Shares

ठगी गर्ने पार्टीकै कार्यकर्ता भए पनि छाड्दिन : श्रममन्त्री

ठगी गर्ने पार्टीकै कार्यकर्ता भए पनि छाड्दिन : श्रममन्त्री

काठमाडौँ, चैत ५
श्रम तथा रोजगारमन्त्री गोकर्णराज विष्टले वैदेशिक रोजगारका क्षेत्रमा आफ्नै पार्टीका कार्यकर्ता भए पनि अनियमितता र ठगी गर्ने कार्यमा संलग्न भएको पाइएमा कारवाही गरिने अठोट व्यक्त गरेका छन् ।

सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री विष्टले त्यस्तो खराब काम गर्नेबारे संस्थागत र व्यक्तिगत उजुरी दिन पनि आग्रह गरे । यस क्षेत्रलाई नियमन र व्यवस्थापनका लागि दैनिक उजुरी सुनुवाइको व्यवस्था गरिएको र श्रम स्वीकृतिका लागि प्रदेश नं १ को इटहरी र प्रदेश नं २ को धनुषामा नयाँ कार्यालय खोलिएको उनले जानकारी दिए ।
रासस

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.