सिजी टेलिकम र मन्त्री बाँस्कोटाबीच जुहारी

२६ माघ ७६, सोमबार

२७ माघ, काठमाडौं ।
सिजी टेलिकमले आफ्नो भनाइप्रति आपत्ति जनाउँदै पत्रकार सम्मेलन गरेपछि सञ्चार मन्त्री गोकुलप्रसाद बास्कोटाले तत्कालिन एसटीएम कम्पनी र सिजीका सम्पूर्ण कागजात मगाएका छन्।

Advertisement

दूर सञ्चार प्राधिकरणमा रहेको सम्पूर्ण फाइलहरू अध्ययनका लागि भन्दै उनले मगाएको स्रोतले बताएको छ। गत बिहीबार बाँस्कोटाले सिजी टेलिकमले २० अर्ब तिरे मात्र टेलिकम सेवा प्रदायकको युनिफाइड लाइसेन्स पाउने बताएका थिए।

मन्त्रीले २५ लाख रुपैयाँमा सिजीलाई लाइसेन्स दिन नसकिने बताएका थिए। त्यसको प्रतिक्रिया दिन कम्पनीले आइतबार पत्रकार सम्मेलन गर्दै मन्त्री बाँस्कोटाले गलत प्रचार गरि भ्रम सिर्जना गरेको आरोप लगाएको थियो।

Advertisement

सिजीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले लाइसेन्स दिने प्रक्रिया र लाग्ने शुल्कका विषयमा मन्त्रिले अध्ययन नै नगरी सतही कुरा बोल्नु अनुचित रहेको बताएका थिए।

उक्त पत्रकार सम्मेलनलगत्तै मन्त्री बाँस्कोटाले सिजी टेलिकमका सबै फाइल मगाएका हुन्। गोरखापत्रसँग कुराकानी गर्दै मन्त्रीले आफूसँग खिचेको फोटोलाई देखाउँदैमा लाइसेन्सन दिनु पर्ने हो र भन्ने प्रतिक्रिया दिएका छन्।

Advertisement

पछिल्लो समय सिजी टेलिकम र मन्त्री बाँस्कोटाबीच जुहारी चलिरहेको छ। सिजीले हालसम्मका प्रक्रिया र तिरेको रकमको विवरण सार्वजिक गर्दै कुन सर्त पुगेन भनि प्रश्न उठाएको थियो।

सिजीले सम्पूर्ण प्रक्रिया पूरा गरेपनि अनुमति नपाएको भन्दै मन्त्रीको भनाईमा तथ्य नभएको बताएको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top