×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

प्रधानमन्त्री ओलीको प्रश्न–देखाउनेले दाग देखायो किन रुवाबासी?

३ फाल्गुन २०७६

३ फागुन, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक आधारशिलामा गठन भएको सरकारको चरित्रमाथि प्रश्न उठाउने गरिएको गुनासो गरेका छन् । प्रतिनिधिसभाको शनिबारको बैठकमा सार्वजनिक महत्वको विषयमा बोल्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रको आधारशिलामा बनेको सरकारले पाईला पाईलामा आफुलाई लोकतान्त्रिक भनि प्रमाणित गर्नुपर्ने कुरालाई स्वीकार नगर्ने चेतावनी पनि दिए ।

कुनै पार्टीले जन्मजात आफुलाई लोकतान्त्रिक हुँ भनी दाबी गरिरहने र आफुले भने पाईला पाईलामा प्रमाणित गर्नुपर्ने अवस्था श्रृजना गरिएको भन्दै उनले त्यो स्वीकार्य हुन नसक्ने बताए । उनले भने “लोकतन्त्र दलको नाम होइन । यो व्यवहार र आचरण हो । लोकतन्त्र व्यवसाय वा प्रचार संयन्त्र पनि होइन । अमुक झण्डा र नाम भएकाले कोही सर्टिफाइड, क्लासिफाइड लोकतान्त्रिक हुने , कसैले वाई वर्थ डेमोक्र्याट, अझ यसो भनुँ गर्भे लोकतान्त्रिकको दर्जयानी पाउने ? कसैले भने पाईलै पिच्छे आफु लोकतान्त्रिक भएको सर्टिफिकेट नविकरण गर्न टोपी हातमा लिएर कुदिरहनुपर्ने ? व्यवहारसंग सम्बन्धीत नभएको, नाम, जन्मकुण्डली र ब्राण्डसंग सम्बन्धित भएको लोकतन्त्र स्वीकार्य हुन सक्दैन । काममा स्वीकार्य हुन्छ । काममा मापिन्छ लोकतन्त्र । ”

Advertisement
Advertisement

उनले सरकार कसैको दयामायामा बनेको नभई, निरन्तरको लोकतान्त्रिक निष्ठा, जनताको लोकप्रिय मत, जनादेश प्राप्त सरकार भएकाले जनताको हितहरुको सर्वोत्तम प्रतिनिधित्व गर्ने सरकार भएको दाबी गरे । उनले भने “कतिपयले यस सरकालाई अझै एक किसिमको अनवाण्टेड गेष्ट जस्तो ठानेका छन् । ” आम निर्वाचन ताका कम्युनिष्टको सरकार बन्यो भने हाँस्न त के रुन पनि पाईदैन भनेर भन्ने गरिएको स्मरण गर्दै उनले वास्तविकता त्यस्तो नभएको बताए ।

उनले भने “लोकतन्त्र संकटमा परेको, अधिनायकतावाद आउन थालेको भन्ने खालको एकतारे पनि खुब बज्यो । अनेक रुपमा त्यो प्रकट भयो । गुठी विधेयकमा पनि देखिएको । पछिल्लो समय मिडिया विधेयकको रुपमा पनि चर्चामा आयो । सोचौ, विधेयक निर्माणका क्रममा उठेका विषय र मन नपरेका मन्त्री सांसर र सरकारको थाप्लोमा फ्याकेर अभिव्यक्ति स्वतन्त्रता धरापमा पर्यो, लोकतन्त्र सकियो जस्ता अनुपयुक्त संदेश प्रवाह गर्ने र त्यसलाई अन्तराष्ट्रियीकरण गर्ने खेलले हाम्रो लोकतन्त्र कसरी मजबुत होला ?” उनले भने “पार्टी खोल्ने झण्डा बोक्ने र सडक सदनमा प्रर्दैशन गर्ने स्वतन्त्रतालाई मात्रै म लोकतन्त्र ठान्दीनँ, म त्यस्तो लोकतन्त्रलाई मान्छु, जहाँ हरेक नागरिकको शिक्षा र स्वास्थ्यको सुनिश्चिता होस् ।”

प्रधानमन्त्री ओलीले संचारमाध्यमले बैचारिक पुर्वाग्रहका साथ सरकारका कामकारवाहीलाई हेर्ने गरेको गुनासो पनि गरे। केही दिन अघि आफुले सम्पादकहरु संग गरेको छलफल र सम्पादहरुले राखेको जिज्ञाका स्मरण गर्दे उहाँले संचारक्षेत्रलाई तथ्यमा आधारित भएर आलोचनात्मक भूमिका निर्वाह गर्न सचेत गराए । सरकारको आलोचनाको शैली पछिल्लो समय बदलिएको उल्लेख गर्दे उनले भने ‘गफ गरेर हुन्छ गर्छु भनेर हुन्छ काम गरेको देखिनु पर्यो’ भनेको सुन्थेँ । अहिले परिवेश बदलिएको देखिएको छ भन्दै उनले भने “अंक र आँकडा बाट हुन्छ ग्लोबल इन्डेक्समा होइन जनतामा इम्प्रेशन के छ भन्ने जस्ता कुरा हरु सुनिन थालेको छ । यस्ता तर्क सुन्दा बेला बेलामा म विस्मित हुने गर्छु । भनौ कि जस्तो पनि लाग्छ । ठिकै छ । अंकमा होइन,अनुभुति नै सही इन्डेक्स होइन इम्प्रेशनकै कुरा गरौ , के छ इम्प्रेशन ? परिणाम के छ ? यो दुईबर्षमा तराईमा शितलहर र जाडोबाट कसैले पनि ज्यान गुमाउनु परेको छैन । यो अंक मात्रै होइन अनुभूति हो । भर्रखरै राष्ट्रिय सभाको निर्वाचनले पनि जनताको अनूभूति बताएको छ भन्ने लाग्छ । ”

प्रधानमन्त्री ओलीले सरकारको कार्यशैली, घोषणा अनुसारको काम नभएको , जनताको विश्वास जित्न नसकेको भन्ने टिप्पणीको तथ्यगत रुपमा प्रतिवाद गरे । जनता प्रत्यक्ष लाभान्वित हुने सरकारका कामहरुको फेयरिस्त प्रस्तुत गर्दै उहाँले ती काम अंक र आकडामा मात्रै नभई जनताको मन र विश्वास जित्न सफल रहेको दाबी पनि गरे । जनताको माग सम्बोधन गर्न सकार अत्यन्तै क्रियाशिल रहेको पनि उनले स्पष्ट पारे । प्रधानमन्त्री ओलीले आफ्नो सरकारले दुई बर्ष पुरा गर्नु पनि उपलब्धिको रुपमा लिएको बताए । उनले भन्नुभयो “आज बाट मेरो नेतृत्वमा गठित नेकपाको सरकारले ७ सय ३१ दिन अर्थात् २ बर्ष पुरा भएको छ । सात आठ महिनाको अवधिमा सरकार फेरिईरहने अस्थिरतालाई हेर्दा एउटै पार्टीको नेतृत्वले दुई बर्ष पुरा गर्नुपनि उपलब्धिको रुपमा लिनुपर्ने अवस्था आउँदो रहेछ ।”

उनले तिब्र आर्थिक वृद्धिदर हासिल गरिरहेका विश्वका १० मुलुकहरुको पक्तिमा नेपाल पनि परेको,पछिल्लो तीन बर्षमा लगातार ६ प्रतिशत भन्दा कम आर्थिक वृद्धिदर नभएको बताए । आर्थिकवृद्धि दरमा आएको सुधार संगै निरपेक्ष गरिविको रेखा मुनि जम्मा १६ दशमलब ५ प्रतिशतमा झरेको दाबी गरे । उनले जनता आवास, सुरक्षित बसोबास, स्वास्थ्य बिमा र सामाजिक सुरक्षा लगायत कार्यक्रमले गरिबी घटाउन र रोजगारीको अवसर श्रृजना गर्न सहयोग पुगेको बताए । नया वेरोजगार नथपिएको, श्रमबजारमा थपिएकालाई सम्बोधन गर्न सकेको भएपनि शिक्षित वेरोजगारलाई उच्चस्तरको रोजगारीमा ल्याउने काम भने बाँकी रहेको पनि उनले स्पष्ट पारे । बैकहरुको शाखा विस्तार भएर मुलुकभर ९ हजार ३ सय ९४ पुगेको र ‘खोलौ बैक खाता’ अभियान सफल भएको दाबी पनि गरे । सरकारले करको दर नभई दायरा बढाउने सोच बनाएको, बैदेशिक लगानीको प्रतिवद्धता थपिएको, कुल व्यापार घाटामा कमि आएको ,व्यापार विविधिकरण बढेको, भुकम्पपछि बन्द भएको तातोपानी नाकाबाट व्यापारिक वस्तुको आयात निर्यात हुन थालेको , अण्डा तथा माछामासु उत्पादनमा मुलुक आत्मनिर्भर भएको, सडक कालोपत्रे निर्माण हुने क्रम बढेको भन्दै उहाँले दुई बर्ष भित्र ३ हजार ६ सय ३६ किलोमिटर सडक कालोपत्रे भएको विवरण पनि उनले उल्लेख गरे ।

सवा सय भन्दा बढी तुईन विस्तापित भईसकेको, पुल निर्माणको गति बढेको, सडक ग्रेबल गर्ने काम भएको तथा लोडसेडिङ अन्त्य संगै विद्युत् भारतमा विक्रि हुन थालेको पनि उनले बताए । नेपाल र चीनबीच उर्जा सहमति र सहकार्यको सम्झौता भएको, अन्तदेशिय विद्युत् प्रसारण लाईन निर्माणका लागि सर्वेक्षण गर्ने सम्बन्धी सम्झौता भई सर्वेक्षणको काम पनि सुरु भईसकेको लगायत कामको पनि उनले जानकारी गराए । सबै जिल्लामा फोरजी सेवा पुगेको, भुकम्पपछिको पुर्ननिर्माणको क्षेत्रमा ३ लाख ७४ हजार नीजि घर बनेको , ३ सय भन्दा बढी सरकारी भवन निर्माण, २ हजार ६ सय भन्दाबढी विद्यालय भवन बनेको, ३ सय २५ पुरातात्वीक सम्पदाको निर्माण भएको जानकारी गराए ।

भ्रष्टाचार र ललिता निवास
प्रधानमन्त्री ओलीले सार्वजनिक जग्गा हड्प्नेको विरुद्ध कारवाही गर्दा र राजश्व अपचलन लगायत भ्रष्टाचार विरुद्धको आफ्ना कदममा आफुले पटक पटक आलोचना खेप्ने गरेको गुनासो पनि गरे । उनले भने “म आफु भ्रष्टाचार गर्दिन । र अरुलाई पनि गर्न दिन्न । गत बर्षको सम्बोधनका क्रममा मैले भनेको थिएँ । कसैले मेरो भनाईलाई भन्नका लागि भनेको ठानेको छ भने त्यसले गल्ति गर्देछ । दुराचारी र दुराचार, भ्रष्ट र भ्रष्टाचारको सम्बन्धमा मुखमा पानी हालेर बस्ने मेरो बानी छैन । जो जतिसुकै उच्च ओहोदा वाला होस् वा कथित पहुँचवाला, तीनको मुख हेरेर सँजाय तोकिन्न । कारवाही गर्ने नगर्ने फैसला मुख हेरेर लिइन्न । सुशासनका संयन्त्रहरु क्रियाशिल हुँदा भ्रष्टाचारमा निर्लिप्त हुनेहरु मुरमुरिदाँ रहेछन् । यस्तो अवस्थामा निलवर्णन श्रृंगार कथा सम्झनामा आउँछ । ”

Advertisement

प्रधानमन्त्री ओलीले ललिता निवास जग्गा प्रकरणमा १ सय ३६ रोपनी जग्गाको छानविन गर्न आफैले बनाएको स्मरण गर्दै लुटिएको सरकारी जग्गा फिर्ता ल्याउन पहल गर्ने आफैलाई त्यसमा संलग्न जसरी प्रचार प्रसार गरिएको गुनासो पनि गरे । उनले भने “ललिता निवास र प्रधानमन्त्रीको सरकारी निवास दुवै वालुवाटारमा नै भएकोले प्रधानमन्त्रीले नै जग्गा बेचेर खाए जस्तो भान पार्ने गरि वालुवाटार काण्डलाई प्रचार प्रशार र आक्रमणको कारण बनाईयो ।” भ्रष्टाचार विरोधी सरकारको कामबाट भ्रष्टाचारमा लिप्त हुनेहरु डराएको भन्दै उनले आफ्ना कामको विरोध गर्ने प्रतिपक्षी दल नेपाली कांग्रेसलाई घुमाउरो शैलीमा चिनियाँ उखान र ‘देखाउनेले दाग देखायो किन रुवाबासी’ भन्ने गीत जस्तो भन्दै व्यंग गरे ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top