प्रधानमन्त्रीले भने–‘मिचिएका भूभाग फिर्ता ल्याउने तयारी छ’

३ फागुन, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मिचिएको नेपालको भूभाग फिर्ता ल्याउने तयारीमा सरकार रहेको बताएका छन् । उनले सीमा विवाद समाधान गर्न भारतसँग कूटनीतिक तयारी भइरहेको बताएका छन् ।

Advertisement

शनिबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीको विशेष सम्बोधनपछि कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले सोधेको सीमा मिचेको विषयमा भारतसँग के छलफल भइरहेको छ र नक्सा कहिले छाप्ने हो ? भन्ने प्रश्नको जवाफमा ओलीले भने, ‘हामी भूभाग नै फिर्ता ल्याउने तयारीमा छौं भने नक्सा छाप्ने कुरा त के भयो र, एकछिनमै छापिहालिन्छ ।’

उनले भने,‘नेपालको भूभाग नेपालले छोड्दैन। अहिले खासगरी उठेको प्रश्न कालीनदीको मुहानको बारेमा, लिम्पियाधुरा क्षेत्रको, लिपुलेक क्षेत्रको र कालापानीको बारेमा हुन्। तथ्य प्रमाणहरूले यी भूभाग नेपालका हुन भनिरहेका छन’ नेपालले मात्रै वार्ता गर्छु भनेर नहुने ओलीको भनाइ थियो । भारत सरकारसँग सीमाबारे सार्वभौम मुलुकका रूपमा वार्ता गर्ने उनको भनाइ थियो।

Advertisement

‘फलानो दिन वार्ता गर्छु भनेर एकतर्फी भनिने कुरा होइन। दुई तर्फी छलफल गरेर वार्ताको मिति तोकिनेछ,’उनले भने। भारत सरकारसँग सीमाबारे सार्वभौम मुलुकका रूपमा वार्ता गर्ने उनको भनाइ थियो । उनले सरकारले समानता, भौगोलिक अखण्डताका सवालमा कुनै अनुचित सम्झौता नगर्ने स्पष्ट पारे । सीमा क्षेत्रमा सशस्न प्रहरी राख्ने तयारी भइरहेको प्रधानमन्त्री ओलीले जानकारी दिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top