×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

प्रदेश १ सरकारको दुई वर्षः जनतामा आशा जगाउँदै बित्यो

३ फाल्गुन २०७६

३ फागुन, विराटनगर ।
प्रदेश १ सरकारले प्रदेश सरकार गठन भए यताको दुई वर्ष उपलब्धिमुलक भएको दाबी गरेको छ । प्रदेश सरकारले दुई वर्ष पार गरेको अवसरमा शनिबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आयोजित वार्षिकउत्सव कार्यक्रममा सरकारका कामको समीक्षा गर्दै २ वर्ष संघीयता कार्यान्वयका लागि अत्यावश्यक आधारहरु तयार गर्दै अघि बढ्ने अवसरमा प्रयोग भएको बताईएको छ ।

२ वर्षे कार्यकालमा प्रदेश सरकार कतै नचुकेको, काहीँ नझुकेको र काहीँ गलत काम नगरेको मुख्यमन्त्री शेरधन राईले दाबी गरे । उनले दुई वर्षमा कम्तीमा जनताका न्युनतम आकांक्षाहरुलाई सम्बोधन गर्दै आगामी दिन र भविष्यको लागि दरिलो आशा, विश्वास र भरोसा जगाउन सफल भएको बताए ।

Advertisement
Advertisement

उनले दुई वर्षमा ४९ कानुन निर्माण भएको बताउँदै प्रदेशको राजधानी तोक्ने काम महत्वपूर्ण भएको र प्रदेश १ को प्रदेश सभाले सहमति र सहकार्यको अनुपम नमुना प्रस्तुत गरेको बताए । त्यस्तै पूर्वाधार तर्फ २७ किलोमिटर कालो पत्रे सडक, १ सय २९ किलोमिटर सडक ग्राभेल, १० वटा मोटरेवल पुल र १५ वटा झोलुङ्गे पुल निर्माण भएको बताउँदै मुख्यमन्त्री राईले प्रत्येक प्रादेशिक निर्वाचन क्षेत्रमा ६२ वटा बहुवर्षीय सडक, ७७ वटा मुख्यमन्त्री ग्रामिण सडक, १ सय २६ वटा मोटरेवल पुल र १ सय १४ वटा झोलुङ्गे पुलको निर्माण प्रक्रिया तीव्ररुपले अघि बढेको बताए ।
मुख्यमन्त्री राईले खेतीयोग्य जग्गामा सिँचाई र्पुयाउन १ सय २९ वटा योजनाहरु सम्पन्न् भएको तथा ६ सय ३१ वटा योजनाहरु निर्माणधिन अवस्थामा रहेको र खानेपानी तर्फ १ सय १० आयोजना सम्पन्न भएको र ९ सय ४९ वटा आयोजना निर्माणधिन रहेको बताए ।

त्यसैगरी जनता आवास कार्यक्रम अन्तरगत १ सय ७१ वटा घर निर्माणको काम भएको, प्रदेश लोकसेवा आयोग, लगानी बोर्ड गठन भएको, सडक सञ्जालको १० वर्षे गुरुयोजना तयार भएको, मनमोहन प्राविधिक विश्वविद्यालयको स्थापना,मिल्क होलिडेको अन्त्य, परियोजना बैंकको स्थापना,म अघि बढ्छु, डिजिटल साक्षरता कार्यक्रम, ज्येष्ठ नागरिक दन्त उपहार कार्यक्रम लगायतका कार्यक्रमको सुरुवात गर्नुका साथै वैज्ञानिक सम्मेलन पनि गरिएको सरकारका काममा उल्लेख गरिएको छ ।

स्विट्जरल्यान्ड सरकारबाट १ अर्ब रुपैयाँ अनुदान सहयोग प्राप्त गरी प्रदेश १ सरकार पहिलो विदेशी सहायता पाउने प्रदेश भएको पनि उपलब्धिकारुपमा लिईएको छ । मुख्यमन्त्री राईले गत वर्ष ५ प्रतिशत भएको विकास खर्च अहिले २५ प्रतिशत पुग्नु पनि उपलब्धीका रुपमा लिईएको बताए ।उनले प्रदेश १ सबैभन्दा बढी पूँजीगत खर्च गर्ने प्रदेश भएको पनि बताए अहिलेको ४२ अर्ब २० करोड ४ लाख रुपैयाँको बजेट कार्यान्वयनमा छ ।

Advertisement

कार्यक्रममा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले जनताका अपेक्षा सम्बोधन गर्दै अगाडी बढेको भन्दै प्रशंसा गरे । कार्यक्रममा प्रदेश सरकारका मुख्य काम समेटिएको ‘प्रदेश सरकारका दुई वर्ष ’ नामक पुस्तक सार्वजनिक गरिएको थियो । कार्यक्रममा प्रदेश सरकारका मन्त्री, प्रदेश सांसद, कर्मचारी, सञ्चारकर्मी लगायतको उपस्थिती थियो ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top