मोटरसाइकल दुर्घटनामा जहदामा १ जनाको मृत्यु

३ फागुन ७६, आइतबार

४ फागुन, विराटनगर ।
मोरङ जहदा गाउँपालिका–५ बस्ने ३५ बर्षीय बिरेन्द्र मण्डलको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ ।

Advertisement

आइतबार बिहान जहदा स्थित भित्रि सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ जादै गरेको को ३७ प ९७४३ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउदै गरेको को १२ प ६२२ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा को ३७ प का चालक बिरेन्द्र मण्डलको गोल्डेन अस्पताल बिराटनगरमा उपचारको क्रममा सँवा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

दुबै मोटरसाईकल र अर्का चालक सोहि स्थानका अभिषेक मण्डल प्रहरी चौकी मझारेको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top