केजरीवालद्वारा तेस्रो पटक दिल्लीका मुख्यमन्त्रीका रुपमा सपथ ग्रहण

४ फागुन, एजेन्सी । आम आदमी पार्टीका नेता अरविन्द केजरीवालले आइतबार तेस्रो पटक दिल्लीका मुख्यमन्त्रीका रुपमा सपथ लिएका छन् ।

दिल्लीको रामलीला मैदानमा आयोजित कार्यक्रममा उपराज्यपाल अनिल बैजलले केजरीवाललाई पद तथा गोपनियताको शपथ दिलाएका हुन् ।

अरविन्द केजरीवालपछि मनीष सिसोडियाले मन्त्री पदको शपथ लिए । केजरीवालको शपथ ग्रहणमा कुनै पनि राज्यका मुख्यमन्त्रीलाई निम्ता पठाइएको थिएन ।

आम आदमी पार्टीले शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि निम्ता पठाएको छ । यद्यपि प्रधानमन्त्री मोदी आफ्नो संसदीय क्षेत्र वाराणासी पुगेका छन् ।

यसका साथै दिल्लीका सात जना सांसद, सबै निगम पार्षदहरु, भाजपा र काङ्ग्रेसका प्रदेश अध्यक्षलाई पनि आमन्त्रण गरिएको थियो ।

केजरीवालले दिल्लीका जनतालाई शपथ ग्रहणमा उपस्थित हुन अपिल गरेका थिए । शपथ ग्रहण समारोहमा ठूलो सङ्ख्यामा सर्वसाधारण उपस्थित थिए ।

गएको फेब्रुअरी ८ मा भएको दिल्ली विधानसभा चुनावको नतिजा त्यसको तीन दिनपछि आएको थियो । जसअनुसार आम आदमी पार्टीले ६२ सिट र भाजपाले आठ सिट जितेको थियो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top