तराईका केही स्थानका गहुँ बालीमा फौजी किराको प्रकोप

३ फागुन ७६, आइतबार

४ फागुन, धनुषा । तराईका केही स्थानका गहुँ बालीमा फौजी किराको प्रकोप देखिन थालेको छ ।

महोत्तरी, धनुषा लगायत केही जिल्लाका गहुँ बालीमा फौजी किराको प्रकोप देखिन थालेको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले जनाएको छ । गहुँ बालीमा फौजी किराको प्रकोप देखिएपछि कृषिविज्ञसहितको टोली प्रभावित क्षेत्रमा पुगेर फर्किएको छ ।

अहिले गहुँको बाला निस्कने बेला भएकाले बालीमा फौजी किरा लागेको वा नलागेको हेरचाह गर्न नार्क अन्तर्गतको किट विज्ञान महाशाखाका सूचना अधिकारी सुदिप उपाध्यायले आग्रह गरे ।

Advertisement

दिउँसो लुक्ने र राति सक्रिय हुने भएकाले खेतमा भएको झार सफा गर्नुपर्ने, प्रकोप देखिएको ठाउँमा गहुँ काटिसकेपछि मकैको सट्टा अरु बाली लगाउनुपर्ने, खेतको एउटा पाटोबाट अर्को पाटोमा खाडल बनाएर पानी जमाउनुपर्ने र त्यो पानीमा जमेका फौजी किरा नष्ट गर्नुपर्ने, बत्तीको पासो बाल्ने गर्दा फौजी किरा हट्ने उनको भनाइ छ ।

फौजी किराले बालामुनिको पात खाइदिने भएकाले बेलैमा ख्याल गर्न किट विज्ञान महाशाखा सूचना अधिकारी सुदिप उपाध्यायको सुझाव छ ।

Advertisement

यस्तै इमामेक्टिन बेन्जोएट ५ एस.जी. ० दशमलव ३ ग्राम प्रतिलिटर पानीमा मिसाइ प्रकोपको समयमा आवश्यकताअनुसार एक–दुई पटक बोट भिज्ने गरी साँझपख स्प्रे गर्न तथा विषादी प्रयोग गरिसकेपछि दुईरतीन दिनसम्म बिहान खेतमा गएर मरेका लार्भाहरु सङ्कलन गरी नष्ट गर्न उनको सुझाव थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top