सिद्धार्थ शुक्लाले जिते ‘बीग बोस–१३’को उपाधि

३ फागुन ७६, आइतबार

एजेन्सी, फागुन ४
चर्चित भारतीय टेलिभिजन रियालिटी सो बिग बोसको १३औँ संस्करणको उपाधि सिद्धार्थ शुक्लाले हात पारेका छन् ।

Advertisement

उनले फाइनलमा ६ जना प्रतिस्पर्धी आसिम रियाज, शहनाज गिल, रश्मि देसाई, आरती सिंह र पारस छाबडालाई उछिनेर उपाधि जितेका हुन् ।

उपाधिसँगै उनले ५० लाख भारतीय रुपैयाँ र कार उपहार पाएका छन् । फाइनलमा सबैभन्दा पहिले बाहिरिएका छाबडाले १० लाख भारु लिएर आफूलाई विजेता बन्ने होडबाट हटाएका हुन् । सलमान खानले होस्ट गर्दै आइरहेको यो रियालिटी सो विभिन्न कारणले चर्चामा आउने गर्छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top