तार जमिनमुनि बिछ्याउने कामको प्रधानमन्त्रीले गरे उद्घाटन

५ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अघि सारेका विकास निर्माणको कामलाई सञ्चारमाध्यमले प्राथमिकता नदिएको गुनासो गरेका छन् ।

संञ्चारमाध्यमको भूमिका, संञ्चारमाध्यममा आएका समाचार प्रति सधै असन्तुष्टि जनाउदै आएका प्रधानमन्त्री ओलीले सोमबार काठमाण्डौमा आयोजित कार्यक्रममा पनि संञ्चारमाध्यमले दिने गरेको प्राथमिकताको विषयमा गुनासो गरे ।

काठमाण्डौ उपत्यका विद्युत् वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्यको उद्घाटन समारोहलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले प्रविधिको सुरुवात भएको समाचार दिनुको सट्टा केही संचार माध्यमले फेरी पनि बासुरी नै बजाएको समाचार दिने बताए । आफुले भनेको विषयलाई हुबहु नराखेर तोडमोड गरी अर्नगल प्रचार गर्ने गरिएको दुखेसो पनि गरे ।

Advertisement

उनले भने “कुनै कुनै सञ्चार माध्यमले यो न्यूज दिन भन्दा बाँसुरी बजाएको न्यूज दिन्छन् भोलीपनि । दया लाग्छ । देश विकास हुन लाग्दा पिर किन परेको त्यो छक्क लाग्छ । कुनै कुनै भन्ने शब्द प्रयोग गर्या छु । कुनै कुनै भन्ने शब्द बिर्सन्छन् अनि यसो भन्यो भनेर कुनै कुनै शब्द काटेर पठाउँछन् । भोलि पनि हेर्नुहोला बाँसुरी बजाएको फोटो छाप्छन् । यो फोटै छाप्दैनन् । ”

उनले बुद्धिजिवीको बौद्धिकता देख्दा दया लाग्ने गरेको बताए । सरकार देश विकासमा अघि बढीरहेका बेला सहकार्य गर्नुको सट्टा केहीले मजाकको विषय बनाउने गरेको गुनासो पनि उनले गरे । आफुले तुईन विस्तापित गर्छु भन्दै प्रगती पेस गर्दै गर्दा संचारमाध्यमले दार्चुला पुगेर भएपनि तुईनको फोटो खिचेर छाप्ने गरेको गुनासो पनि उनले गरे ।

Advertisement

उनले भने “मैले देखेँ एक जना बुद्धिजीवीले नधम्क्याउनुहोस् प्लीज भनेर भनेको, मैले धम्क्याएरै हैरान पारेँ अरे । अनि मलाई चाहि यो बौद्धिकता देख्दा दया लाग्छ । देश विकास मजाक होइन । देश विकास आग्रह पुर्वाग्रहको विषय होइन । देश विकास साझा अभिभारा हो । साझा कर्तव्य हो । हामी विकास गरिरहेका छौ भने खुसी हुनुपर्ने । तुईन विस्थापित भएकोमा रुवाबासी छ कतिको । अचम्म लाग्छ । दार्चुला पुगेर फोटो खिचेर ल्याउँछन् । दुईवटा तुईन विस्थापित गर्न बाँकी छ त्यहाँ । कति दुख गर्या होला ? कठै बरी ।”

उनले सरकारको विकास निर्माण र शुसासनका काम देखेर खुसी हुनुपर्नेमा पिर किन परेको ? भनी प्रश्न गरे । उनले काठमाण्डौ उपत्यकाको विद्युत् वितरण प्रणालीलाई भूमिगत सुदृढीकरण र स्वचालित गर्ने काम रातीमा गरिने भएकाले त्यसले कसैलाई असर नगर्ने स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले दिनहुँ मुलुक नया प्रविधिको प्रयोग मार्फत विकास र सेवाका लागि सर्मपित हुदै गएको भन्दै आईतबार आफुले झापामा गरेको पुल ,बाटोको उद्घाटन तथा सिलन्यासको फेयरिस्त पनि प्रस्तुत गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top