डिजेल र पेट्रोलको भाउ घट्यो

५ फागुन ७६, मंगलबार

५ फागुन, काठमाडौं ।
नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य समायोजन गरेको छ । निगमले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको हो ।

Advertisement

खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने साविककै याथावत रहेको नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेले बताए ।नयाँ मूल्यअनुसार पेट्रोलको प्रतिलिटर मूल्य १०८ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ कायम भएको छ । समायोजन भएको मुल्य सोमबार राती १२ बजेबाट लागू हुनेछ ।

निगमले माघ २० गते मूल्य समायोजन गरेर पेट्रोल र डिजेलमा एक रुपैयाँ प्रतिलिटर मूल्य घटाएको थियो भने हवाई इन्धनको मूल्य यथावत राख्दै एलपजिी ग्याँसको मूल्यमा प्रतिसिलिन्डर २५ रुपैयाँ बढाएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top