उदयपुरबाट लागुऔषध बेचबिखनमा संलग्न ३ जना पक्राउ

५ फागुन ७६, मंगलबार

६ फागुन, उदयपुर ।
उदयपुरको बेल्टार नगरपालिका–९ बाट लागुऔषध बेचबिखनमा संग्लग्न ३ जनालाई पक्राउ गरिएको छ ।

Advertisement

स्थानीय आकाश तिम्सिनाको घरबाट लागुऔषध बेचबिखन भईरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले घरधनी ३५ बर्षीय आकाश तिम्सिना सहित बेल्टार नगरपालिका–१ का ३२ बर्षीय बिकास बस्नेत र धरान–१३ का ३८ बर्षीय प्रणय निरौलालाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले डाईजोल्याव ३ एम्पुल, leegesic ४ एम्पुल, फेनारागन ४ एम्पुल, डाईलक्स डिसी १०० ML को २ बोतल, नाईट्राभेट ११ ट्याब्लेट, स्पास्मोप्रोक्सिवन ५९ ट्याब्लेट, गाँजा ३०० ग्राम, नगद १५ हजार र मिनिल्यापटप १ थान समेत बरामद गरेको छ ।

Advertisement

पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरेको उक्त कार्यालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top