विराटनगरको शनिमन्दिरमा अटो पार्टसको पसलमा आगलागी

५ फागुन ७६, मंगलबार

६ माघ,विराटनगर ।
बिराटनगर महानगरपालिका–६ शनिमन्दिर नजिकै ओम अटो पार्टसको पसलमा आगलागी भएको छ । शनिमन्दिर नजिकै दिनेश राठीको ३ तले पक्की घरको पहिलो तलामा रहेको बिकास अग्रवालको सो पसलमा सोमबार राती करिब ९ बजे आगलागी भएको हो ।

Advertisement

आगलागी वडा प्रहरी कार्यालय (क) विराटनगरबाट खटिएको प्रहरी निरीक्षकसहितको टोली, स्थानियबासी र दमकलको सहयोगमा ११ बजे नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पसलको सटर बन्द रहेको अवस्थामा विद्युत सर्ट भई आगोलागी भएको जनाईएको छ भने क्षतिको वास्तविक विवरण आउन बाँकी छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top