विराटनगर, चैत ६
प्रदेश नम्बर १ का सामाजिक विकास तथा शिक्षामन्त्री जीवन घिमिरेले लोभी र स्वार्थीहरु सामाजिक कार्यकर्ता बन्न नसक्ने बताएका छन् । सुनसरीको इटहरीमा विश्व सामाजिक कार्य दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै घिमिरेले आफुले पनि मुख्यमन्त्री जस्तो पदलाई लात हानेर सामाजिक मन्त्री भएको भन्दै स्वार्थ छाडेर सेवक बन्नुपर्नेमा जोड दिएका हुन् ।
निस्वार्थ भावले सेवा गर्ने कार्य कठिन भएको भन्दै मन्त्री घिमिरेले प्रदेशको विकास र समृद्धिका लागि आवश्यक पर्ने जनशक्ति तयार पार्ने योजना रहेको जानकारीसमेत दिए । उनले आवश्यकताअनुसारका क्षेत्रहरु पहिचान गरी जनशक्ति तयार पार्ने योजना प्रदेश सरकारको रहेको उल्लेख गरे ।