बास्कोटाको सचिवालयमा अख्तियारको छापा, कागजात बरामद

८ फागुन, काठमाडौँ । निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको निजी सचिवालयमा अख्तियारले छापा मारेको छ ।
सेक्युरिटी प्रिन्टिङ मेसिन खरिदमा बार्गेनिङ्ग गरेको अडियो बहिरिएपछि विवादित बनेर राजिनामा दिएका उनको सचिवालयमा बिहिबार अख्तियारले छापा मारेको हो। अख्तियारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा छापा मारेर बास्कोटाका कागजपत्र सिलबन्दी गरेको छ ।
बिहीबार मन्त्रालय पुगेका अख्तियारका सादा पोशाकका प्रहरीले निजी सचिवालयको कागजात जफत गरी मन्त्रीले प्रयोग गर्ने दराजमा रहेका कागजात सिलबन्दी गरेका छन् । बुधबार बेलुका मात्रै बार्गेनिङ्ग गरेको अडियो सार्वजनिक भएपछि बिहीबार बास्कोटाले मन्त्रीपदबाट राजीनामा दिएका छन् ।
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top