×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

कस्तो हुनुपर्छ आजको शिक्षा ?

९ फाल्गुन २०७६

९ फागुन, विराटनगर ।
समय र प्रविधिले फड्को मारेसँगै उमेर अनुसार बालबालिकाको ब्यबहार, आनीबानीमा निरन्तर परिवर्तन भईरहन्छ । बालबालिकालाई पढ्न विल्कुलै इच्छा हुँदैन । हरेक बालबालिकाको बानी ब्यवहार एकनासको हुदैन । कतिपय बालबालिका रमाईरहन चाहन्छन्, दिमागमा बोझ बोक्न चाहादैनन् । अझ भनौँ भने बालबालिका आफु सिक्नु भन्दा अरुलाई सिकाउन खोज्छन् । बालिबालिकालाई खेल्न मनपर्छ, उनीहरुका लागी खाना जति महत्वपुर्ण छ खेलकुद् पनि त्यत्ति नै महत्वपुर्ण हुन्छ । उनीहरुको रुची नबुझि पढ्न मात्रै दबाब दियो भने यस्तो अवस्थामा मानसिकरुपमा ठूलो असर पर्नजान्छ, उनीहरुले स्वेच्छाले पढ्ने हैन अरुका लागि पढिदिए जस्तो गर्छन् ।

Advertisement
Advertisement

विद्यालय भनेको ज्ञानको ऊर्जा र हौसला प्राप्त गर्ने ठाउँ हो, विद्याको मन्दिर हो विद्यालय तर, समयले फड्को मार्दा पनि हाम्रो सिकाई भने परम्परागत नै चलिरहेको छ । आजकाल बालबालिकाले ‘स्कुल’को अर्थ अभिभावकले निश्चित समयमा जबर्जस्ति पुर्याइदिने, कोठामा थुनेर दिनभर लेख्न र पढ्न लगाउने अनि घरका लागि जतिसक्दो धेरै गृहकार्य दिएर पठाउने ठाउँ भन्ने बुझ्छन् । धेरैजसो बालबालिकाले स्कुललाई नकारात्मक रुपमा लिने गरेका छन । अझैपनि स्कुल जान नपाए हुनेथियो भन्ने भाव धेरै बालबालिकाको मनमा पर्ने गरेको छ । स्कूलका बोर्डहरु हेर्यो भने नामका पछाडि हिजोआज इन्टरनेसनल स्कूल, त्यस्तैगरी मन्टेश्वरी भनेर पनि बोर्डमा लेखेको पाइन्छ । तर त्यहाँभित्र पसेर हेर्दा शिक्षकहरु किताब बोकेर हुबहु पढाइरहेका हुन्छन अथवा बोर्डमा लेखेर विद्यार्थीलाई पराम्परागत ढंगले जस्ताको तस्तै सार्न वा घोक्न लगाई रहेका हुन्छन ।

 

धेरै विद्यायमा बाल मनोबिज्ञानलाई ख्याल नगरी साथै तालिम र ज्ञानको अभावमा गलत तरिकाले विद्यार्थीलाई अध्यापन गराउने गरिएको छ । बालमनौवैज्ञानिकहरुका अनुसार बालबालिकाको दुईदेखि दश बर्ष बीचको समय बाँकी जीवनका लागि जग बसाल्ने बेला हो । जग बसाल्नु भनेको बालबालिकामा भावनात्मक विकास, शारीरिक विकास, मानसिक विकास, नैतिक विकास गर्नु पर्ने हो । यी कुराहरुलाई ख्याल गरेर बालबालिकालाई सिकाउने विद्यालय प्राय भेट्टाउनै कठिन छ । विद्यालय त्यो हो, जहाँ बालबालिका रमाउन सक्नुपर्छ, उनीहरु आफूलाई लागेका कुनै कुरा निर्धक्क बोल्न सक्ने वातावरण हुनु पर्दछ, त्यहाँ बालमनोविज्ञान अनुरुप पर्याप्त शैक्षिक सामग्रीहरु हुनु पर्दछ ।

हजारौ विद्यालय चाहार्दा पनि एउटै तरिकाले विद्यार्थीलाई दबाब दिइरहेको भेटिन्छ । विराटनगरका सवै विद्यालयमा यस्तै परिपाटी छ भन्न खोजिएको होइन । धेरै राम्रा विद्यालयहरु पनि यहाँ रहेका छन् । जहाँ पूर्ण वालमनोवैज्ञानिक रुपमा बालबालिकालाई राखिन्छ। पढाईन्छ र सिकाइन्छ । यस्तै मध्यको एउटा विद्यालय हो विराटनगर–३ स्थित दिल्ली पब्लिक स्कुल । जहाँ विद्यार्थीहरु एकदमै रमाईरहेको देखियो । छिर्ने बित्तीकै त्यो दृष्य देख्न्थ्यिो, जहाँ विद्यार्थीहरु रमाएर खलिरहेका थिए, कोही नाचिरहेका थिए त कोही गाईरहेका थिए, अनि कोही कोही पढिरहेका थिए । त्यस विद्यालयमा विद्यार्थीहरु रमाएर सिकिरहेका थिए । शिक्षकहरुपनि उनीहरुलाई पढ्न धपाउनुको सट्टा उनीहरुसँगै रमाईरहेका थिए ।

 

विद्यालयले पढाईका अलावा विद्यार्थीको इच्छा अनुसारको क्रियाकलापमा सरिक गराएको थियो । सायद यही कारणले दिल्ली पब्लिक स्कुल अन्य विद्यालयभन्दा फरक छ । विद्यार्थीहरुलाई यस्तो वातावरण र शिक्षा दिएका कारण खेलकुद लगायतका अतिरिक्त क्रियाकलापमा अन्य विद्यालय भन्दा अब्बल त छँदैछ विद्यार्थीको वार्षिक नतिजा पनि राम्रो आउने गरेको छ ।

बालबालिका घरमा भन्दा धेरै समय विद्यालयमा बिताउने हुनाले विद्यालयले नै उनीहरुलाई मार्गदर्शन गर्नुपर्ने विद्यालयका एकेडेमिक कोर्डिनेटर शुसान्त बानियाँ बताउँछन् । कलिला उमेरका विद्यार्थीहरु सिक्ने भन्दा सिकाउन खोज्ने भएकोले उनीहरुको मनोभावना बुझ्नु आवश्यक रहेको उनको भनाई छ ।

विद्यार्थीलाई प्रतिस्पर्धा मन पर्ने भएकोले प्रतिस्पर्धाको माध्यमबाट उनीहरुलाई प्रभावकारी शिक्षा विद्यालयले दिँदै आएको छ । उनीहरुको मनोभावना बुझेर ईच्छा अनुसार सिक्ने वातावरण स्कुलमा रहेको बताउँदै यसकारण पनि नतिजा अरु विद्यालयभन्दा राम्रो आईरहेको उनको भनाई छ । अहिले भइरहेको घोकाउने वा सार्न मात्रै लगाउने किसिमको शिक्षण प्रणाली लागि हानिकारक रहेको उनको बुझाई छ । विद्यार्थीको सर्वाङ्गीण विकासका लागि सबैखाले ज्ञान स्कूलले दिन आवश्यक रहेको बानियाँ बताउँछन् ।

Advertisement

विद्यालयको यो प्रयासलाई नियाल्ने हो भने , साँच्चै नै विद्यार्थीको उज्जवल भविष्यका लागि सार्थक देखिन्छ ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top