सेना दिवसका अवसरमा टुँडिखेलमा सेनाको कौशल प्रदर्शनी (फाटो फिचर)

९ फागुन, काठमाडौँ ।
महाशिवरात्रि एवं सेना दिवसको अवसरमा शुक्रबार नेपाली सेनाले काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम गरी सेना दिवस मनाएको छ । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी सरिक भइन् । कार्यक्रममा नेपाली सेनाले सैनिक कौशल प्रदर्शनी गरेको थियो । नेपाली सेनाले शुक्रबार सेना दिवस मनाएको छ । दिवसका अवशरमा सेनाले टुंडिखेलमा विशेष कार्यक्रमको आयोजना समेत गरेको छ । सेना दिवस एवं शिवरात्रिका अवशरमा आयोजित कार्यक्रममा सेनाले आफ्नो कौशल देखाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधाानमन्त्री केपी शर्मा ओली, सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, प्रतिनिधिसभाका सभमुख अग्नि प्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना लगायतको सहभागितामा सेनाले आफ्नो कौशल देखाएको थियो । वि.स. २०४७ सालबाट नेपाली सेनाले महाशिवरात्रीको दिनलाई सेना दिवसका रुपमा मनाउँदै आएको छ ।

Advertisement

नेपाली सेनाले कार्यक्रममा राइफल र तोपबाट महाशिवरात्रिको बढाईं समेत गरेको छ । त्यसैग्री बढाईं कवाज अन्तर्गत नेपालको झण्डा, लहरे, एकठ्ठा, षट्कोण अनकार र सेना दिवस २०७६ को आकृति समेत प्रस्तुत गरिएको थियो । त्यसैगरी नेपाली सेना र नेपालको परम्परागत भेषभुशा झल्कने विविध कला, नृत्य र संगितको धुन प्रदर्शन गरिएको थियो ।

सेनाको व्यवसायीक कार्यकुशलतासँगै पिटी, तेक्वान्दो, सुट टू किल, कुकलद, रौद्र ताण्डप, खुकुरी ड्रिल प्रस्तुत गरिएको थियो । सेनाले हेलिकप्टरबाट ब्यानर प्रदर्शन र हेलिकप्टर प्रदर्शन समेत गरेको थियो । सैनिक ब्याण्डबाट ब्याण्ड डिस्प्ले समेत प्रस्तुत गरिएको कार्यक्रममा विभिन्न खालका सवारी साधन, उपकरण र हातहतियारको समेत प्रदर्शन गरिएको थियो ।

नेपाली सेनाका परमाधिपति समेत रहेकी राष्ट्रपति भण्डारीले सैनिक स्मारकमा पुष्पहार चढाई श्रद्धाञ्जली अर्पण गर्नुका साथै नेपाली सेनाले अर्पण गरेको सलामी ग्रहण गरेकी थिइन । सेनाको बढाईं हेर्न टुंडिखेलबाहिर सर्वसाधारणहरुको घुँइचो लागेको थियो । काठमाडौं मलको छतदेखि टुंडिखेल वरिपरि रहेका घरका छत र रुखहरुमा गएर समेत सर्वसाधारणले सेनाको हर्स बढाइ हेरेका थिए । सर्वसाधारणलाई प्रवेश दिने गरिएको छैन् ।

 

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top