नेकपा अध्यक्ष प्रचण्डले बोली फेरे, नेपालका होइन विश्वका कम्युनिष्ट बिग्रिए

११ फागुन, जनकपुर। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको घटनामा अख्तियार लगायतका निकायले अनुसन्धान सुरु गरेको बताएका छन् ।

Advertisement

आइतबार जनकपुर आएका दाहालले अख्तियार दुरुपयोग अनुन्धान आयोग, लेखासमिति लगायतले अनुसन्धान सुरु गरेको बताएका हुन । धनुषाको ठेराकचुरीमा १५ दिने माध्यमिकी परिक्रमको सुभारम्भ समारोहमा सहभागि हुनुभएका दाहालले भने, ‘सञ्चारमन्त्रीवाला परघटनामा त जाँचबुझ सम्बन्धित निकायले गर्ने भनिसकैकै छ, अख्तियार अरु सबैले ।

लेखा समितिमा पनि यो विषयमा कुरा चलिरहेको त्यो भइनै हाल्यो ।’ दाहालले कम्युनिष्टहरु सत्तामा पुगेपछि विग्रिने रोग लागेको भनेर आफुले भक्तपुरमा दिएको अभिव्यक्ति आफ्नो पार्टीलाई लक्षित गरेर नदिएको उल्लेख गरे । ‘मैले अस्ति भक्तपुरमा भएको कार्यक्रममा बोल्दा संसारभरीको कुरा बोलेको हो हाम्रो पार्टीको मात्रै भनेको होइन्’, उनले भने, ‘कम्युनिष्टहरु संघर्ष गर्दासम्म राम्रो र सत्तामा पुगेपछि नराम्रो रोग लाग्या त विश्वभरी छ । त्यो रोगको उपचार गर्नैपर्छ भनेर मैले अपिल गरेको हो ।’

Advertisement

दाहालले प्रदेश नम्बर २ को सरकारमा सहभागि हुन लागि राष्ट्रिय जनता पार्टी राजपा र समाजवादी पार्टीसँग कुराकानी अगाडी बढेको पनि बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top