दुर्लभ वन्यजन्तु रेडपान्डाको छालासहित ४ जना पक्राउ

१२ फागुन ७६, मंगलबार

१३ फागुन, काठमाडौँ ।
काठमाडौंबाट दुर्लभ वन्यजन्तु रेडपान्डाको छालासहित महानगरीय अपराध महाशाखाले ४ जनालाई पक्राउ गरेको छ ।

Advertisement

महाशाखाको टोलीले सोमबार दिउँसो बुढानिलकण्ठ नगरपालिका १२ कपन खरिबोटबाट सिन्धुली तिनपाटन गाउँपालिका– ४ बालाजोरका ३९ वर्षीय सूर्यबहादुर भुजेल, धादिङ धुनिबेसी नगरपालिका ७ झाप्रेका ४० वर्षीय सुकबहादुर लामा, काठमाडौं बुढानिलकण्ठ नगरपालिका १३ कपनकी ४० वर्षीया कमला तामाङ र कास्की मादी गाउँपालिका ८ तारकाङका ३७ वर्षीय युवराज सापकोटालाई पक्राउ गरेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए।

गोप्य सूचनाको आधारमा शरीर खानतलासी गर्दा भुजेलले बोकेकोझोलाभित्र निलो प्लास्टिकमा बेरिएको अवस्थामा दुर्लभ वन्यजन्तु रेडपान्डाको छाला फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको सिंहले निकालेको विज्ञप्तिमा उल्लेख छ।

Advertisement

उनीहरुलाई कारबाहीको लागि जिल्ला वन कार्यालय काठमाडौं पठाइएको उनले बताए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top