×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

हराएका मोटरसाइकलदेखि ब्राउनसुगर कारोवारीसम्म मोरङ प्रहरीलाई अर्को सफलता

१३ फाल्गुन २०७६

१३ फागुन, काठमाडौं । लागुपदार्थ दुब्र्यशनीकर्ता यसका कारोवारी तथा दिनदहाडै मोटरसाइकल र मोबाइल चोरी गर्नेहरुविरुद्ध विशेष निगरानी गरिरहेको मोरङ प्रहरीले सफलता हात पारेको छ । प्रहरीले मोरङको सुन्दरहरैचाबाट लागुऔषधसहित ४ जना पक्राउ परेका छन् ।

गएको ८ गते दिउँसो सुन्दरहरैँचा ५ हेदम्बा टोलस्थित स्थानीय बलबहादुर खरेलको घरमा डेरा गरी बस्ने नरबहादुर दर्जीको कोठा खानतलासी गर्दा लागुऔषध ब्राउन सुगर ४ ग्राम ६ सय ६० मिलिग्रामसहित ३० बर्षीय नरबहादुर दर्जी, वर्ष २५ का आशिष ढकाल, केराबारी ६ डागी बस्ने वर्ष २० को आशिष मगर र वर्ष २३का रुपेश तामाङलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ गरिएकाहरुमाथि म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Advertisement
Advertisement

 

यसैगरी नियन्त्रित लागुऔषध सहित २ जनालाई बिराटनगर महानगरपालिका १५ बाट प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका ११ का २० बर्षीय आयुष गुरुङ र १८ बर्षीय नवराज श्रेष्ठलाई प्रतिबन्धित लागुऔषध सहित पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले एभिल २१ एम्पुल, लुपिजेसिक २३ एम्पुल डाईजोल्याव २५ एम्पुल र फेनारागन २ एम्पुल बरामद गरेको छ । लागुऔषधसहित पक्राउ परेका यी दुवै जनालाई ईलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यस्तै मोरङका विभिन्न स्थानबाट मोटरसाइकल चोरीका घटना बढ्दै गएपछि खोजी अभियान जारी राखेको मोरङ प्रहरीले ३ वटा हराएका मोटरसाइकल र एउटा बेवारिसे अवस्थामा रहेको मोटरसाइकल विभिन्न स्थानबाट बरामद गरेको छ । कार्तिक २६ गते मध्यरातको समयमा बेलबारी १ स्थित दिनेश खङको घरबाट हराएको को ३५ प ११९२ नं. को मोटरसाइकल फागुन ८ गते बेलबारी ३ बाट मोटरसाइकलसहित सुरज विकलाई प्रहरीले पक्राउ गरेको छ ।

त्यस्तै माघ २६ गते रातको समयमा सुन्दरहरैंचा ४ खरीगुवास्थित बाबुराम कार्कीको घरबाट चोरी भएको को १३ प १४१२ नं. को मोटरसाइकल माघ २७ गते बरामद गरेको छ । चोरीमा संलग्न रहेको आशंकामा सुन्दरहरैंचा चार बस्ने अमिर मोदी र उत्तम चौधरीलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा निजहरुले सुनसरी गढी २ स्थित सत्यनारायण चौधरीको घरमा लुकाई राखेको अवस्थामा प्रहरीले ती मोटरसाइकल बरामद गरेको हो । संलग्नहरुलाई म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको भनाई ।

 

त्यस्तै प्रहरीले मंसिर २९ गते मोरङको लेटाङस्थित प्रबर्धन राईको चोरी भएको को ३३ प ७५२५ नं.को मोटरसाईकल सुरज विकले चोरी गरी इलाम पुर्याई बेचेको अवस्थामा फागुन ८ गते इलामबाट बरामद गरेको छ । चोरी गर्ने विकलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । त्यस्तै फागुन ७ गते बेलबारी ३ स्थित बेवारिसे अवस्थामा ईन्जिन नं. JZYRJJ50547 चेसिस नं. MD2B44BY5JPJ03991 भएको १२५ सिसिको मोटरसाईकल बरामद गरेको छ ।

यसैबीच, मोरङ प्रहरीले विभिन्न मितिमा हराएको र खोजतलासीका लागि निवेदन परेका मोवाइलहरु आधुनिक प्रविधिको प्रयोगबाट खोजतलास तथा अनुसन्धान गर्ने क्रममा विरगंज, रौतहट, सिन्धुली, धनकुटा, उदयपुर, झापा काँकडभिटट, सिरहा, सप्तरी, मोरङ, सुनसरी समेतको इलाकाहरुमा फेला पारेको छ । उक्त बरामद गरिएको मोवाईल फोनहरु जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारीले सम्बन्धित धनीलाई बुझाएका छन् ।

Advertisement

हराएका मोटरसकाइकल र मोबाइलहरु सम्बन्धित धनीलाई बुझाउदै मोरङ प्रहरी प्रमुख एसपी अधिकारीले शान्ति सुरक्षा प्रत्याभूतिका लागि प्रहरी चौबीसै घण्टा जनताको साथमा रहेको बताए । उनले जिल्लामा कुनैपनि अपराधिक घटना हुन नदिने योजनासहित प्हरीले सरक्षा रणनीति तय गरेको समेत बताए ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top